728x90 AdSpace

  • ताजा ताजा

    प्रदेशको आफ्नै प्रहरी संरचना हुन सक्दैन : नेपाल प्रहरी


    काठमाडौं । मधेशका जिल्लाहरुमा प्रहरीले दमन र क्रुरताको ताण्डव देखाइरहँदा मंगलबार नेपाल प्रहरीले पनि संविधानको मस्यौदामाथि आफ्नो सुझाव दिएको छ । संविधानसभा अध्यक्ष सुभासचन्द्र नेम्वाङसँग भेट गरी नेपाल प्रहरीले संघीय नेपालमा प्रदेशको छुट्टै प्रहरी संरचना नराख्न सुझाव दिएको छ ।
     
    संविधानको मस्यौदामा सुझाव दिने क्रममा नेपाल प्रहरीले हाल मस्यौदामा उल्लेख गरिएको प्रदेशमा प्रहरीको छुट्टै संरचना हुने व्यवस्था हटाइ केन्द्रकै सुपरिवेक्षणमा रहने संवैधानिक व्यवस्था गर्न सुझाव दिएको हो । 
     
    प्रदेश–प्रदेशमा प्रहरीको छुट्टै संरचना बनाउँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गर्न नसक्ने, अन्तरप्रदेशमा प्रहरीभित्र नै कलह हुने सक्ने र प्रहरीको ‘चेन अफ कमान्ड’ बिग्रन सक्ने हुनाले केन्द्रकै सुपरिवेक्षणमा प्रहरी रहने व्यवस्था गर्नुपर्ने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको भनाई छ ।
     
    बैंक तथा वित्तीय संस्था केन्द्रको अधिनमा हुनुपर्छ : गभर्नर  
    यता, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थालाई नियमन गर्ने अधिकार प्रदेशलाई दिन नमिल्ने बताएका छन् ।
     
    उनले नियमनकारी निकायलाई प्रदेश प्रदेशमा टुक्र्याउन नमिल्ने भन्दै बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकको दायराभित्रै राखिनुपर्ने बताए । गभर्नर नेपालले संविधानको मस्यौदामा सबै बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकको दायराभित्रै राखिनुपर्ने सुझाव दिएको जनाए ।
     
    प्रदेशले वित्तीय स्थायीत्व ल्याउन नसक्ने हुनाले मुलुकमा वित्तीय स्थायित्व कायम गर्नका लागि संघीय प्रणालीमा राष्ट्र बैंकलाई नै त्यस्तो अधिकार दिइनुपर्नेमा उनको भनाई छ ।

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: प्रदेशको आफ्नै प्रहरी संरचना हुन सक्दैन : नेपाल प्रहरी Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top