728x90 AdSpace

  • ताजा ताजा

    पाँच सयको विवादमा साथीको हत्या


    पाँच सय रुपैयाँको विवादमा एक युवकले आफ्नै सहकर्मीको हत्या गरेका छन् । म्हैपीस्थित सागर अटो वर्कसपका कर्मचारी उमेशविक्रम विष्टले सँगै काम गर्ने अशोक खड्काको हत्या गरेका हुन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
    कारमा ‘गियर ओयल’ हालेको पाँच सय रुपैयाँ आफूलाई नदिएको विवादमा गलले घाँटीमा रोपेर ३१ असारमा विष्टले खड्काको हत्या गरेका हुन् । घटनाको १० दिनपछि विष्ट सतुंगलबाट पक्राउ परेका छन् ।
    सतंगुलको मकालु वर्कसपबाट उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । आफू मदिरामा मात्तिएको र त्यही वेला विवाद भएपछि हत्या गरेको विष्टले स्वीकार गरेका छन् ।
    प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विष्ट र खड्का दुवैजनाले वर्कसपमै बसेर मदिरा पिएका थिए । घटना भएको दिन खड्काले वर्कसपमा मर्मतका लागि ल्याइएको पिकान्टो कारमा गियर ओयल हालेका थिए । त्यसबापत साहुबाट खड्काले मात्र पैसा पाएका थिए । सो पैसा आफूलाई नदिएको भन्दै विष्टले झगडा सुरु गरेका थिए ।
    विवादको क्रममा दुईजनाबीच हात हालाहाल भएको र विष्टले खड्कालाई फलामको गलले आक्रमण गरेको प्रहरीले जनाएको छ । अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार खड्काले छलेपछि गलले लागेर कारको सिसा फुटेको थियो । कुटाइबाट बच्न खड्का गाडीभित्र छिरेका थिए । विष्टले गाडीको ढोका खोलेर गलले घाँटीमा रोपेका थिए । त्यसवेलासम्म खड्का अचेत भइसकेका थिए ।

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: पाँच सयको विवादमा साथीको हत्या Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top