728x90 AdSpace

  • ताजा ताजा

    सबै नेपालीले नागरिकता पाउँछन्ः ओली


    काठमाण्डु, ३० असार– नेकपा एमालेका अध्यक्ष केपी ओलीले नागरिकताको विषयलाई विवादित बनाउन नहुने बताएका छन् ।
    एमाले निकट बुद्धिजिबीहरुले बुधबार गरेको कार्यक्रममा अध्यक्ष ओलीले सबै नेपालीलाई राज्यले नागरिकता उपलब्ध गराउने भएकाले विवादको बिषय बनाउन नहुने बताए ।
    उनले राज्यले प्रक्रिया पूरा गरेपछि सबै नागरिकलाई नागरिकता दिने भएपनि यसलाई जनताको भावनासँग जोडेर विवादित बनाइएको आरोप लगाए ।
    ‘मेरा हजुरबुबा र हजुरआमासँग नागरिकता थिएन । तर पनि उहाँहरु नेपाली नै हुनुहुन्थ्यो ।’ ओलीले भने, ‘हामीले विवाह गरेर ल्याएका बुहारी र नेपालमै बस्ने ज्वाँइलाई पनि राज्यले नागरिकता दिन्छ ।’
    ओलीले नेपाली भएकै कारण कसैले नागरिकताबाट बञ्चित हुन नपर्ने बताए ।
    अर्को प्रसंगमा अध्यक्ष ओलीले अनावश्यक विवाद निकालेर कतिपय दल र समुहले संविधानभसा भाँड्न खोजेको आरोप लगाए । उनले विगतमा संविधानसभा विभिन्न बहानामा असफल भएपनि अब संविधान जारी हुन कसैले रोक्न नसक्ने बताए ।
    ओलीले भने, ‘यो संविधानसभा असफल भएर घोसे मुन्टो लगाउँदै गाउँ फर्किँदैन ।’
    उनले लामो समय संक्रमणकालमा बितेकाले राज्यका हरेक निकायले क्षेत्राधिकार मिचेर अघि बढ्ने प्रवृत्तिको अन्त्य हुने बताए । ओलीले न्यायपालिकाको पूर्ण रुपमा स्वतन्त्रतालाई अब बन्ने संविधानले व्यवस्था गर्ने दावी गरे ।
    विगतमा लोकतन्त्रको पूर्ण रुपमा अभ्यास गर्न नपाएकाले बाँडीचुँडी खाने संस्कार बढेपनि नयाँ संविधानले त्यस्तो प्रवृत्तिको अन्त्य गर्ने बताए ।

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: सबै नेपालीले नागरिकता पाउँछन्ः ओली Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top