728x90 AdSpace

  • ताजा ताजा

    ग्रामिण स्वास्थ्यका लागि ‘एक डलर’ अभियान

    अष्ट्रेलिया, असार ३१ - नेपालको ग्रामिण भेगमा स्वास्थ्य सेवा पुरयाउने उद्देश्यले अष्ट्रेलियाको स्वास्थ्य क्षेत्रमा काम गरिरहेका नेपाली युवायुवतीले ‘एक महिना एक डलर’ अभियान सुरु गरेका छन् ।
    अष्ट्रेलियाको नर्सिङ होम र अस्पतालहरुमा केयर वर्कर र रजिष्टर्ड नर्सका रुपमा काम गरिरहेका नेपालीहरुले केही समयअघि यो अभियानको सुरुवात गरेका हुन् । महिनामा न्युनतम एक डलरमात्र संकलन गरेर उक्त रकम नेपाल सरकार वा अन्य सहयोगी निकायहरु मार्फत ग्रामिण भेगमा स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले अभियानको थालनी गरिएको हो । अभियान सुरु भएको केही समयमा नै करिब १ लाख ५० हजार संकलन गरिसकिएको छ ।
    ‘महिनाको एक डलर भनेको यहाँ कुनैपनि ठुलो रकम हैन,’ अभियान संचालनमा लागि परेका प्रकाशमणि लामिछानेले भने, ‘तर यहाँ काम गरिरहेका करिब १० हजार स्वास्थ्य क्षेत्रमा काम गरिरहेका हामीले १ डलर संकलन गर्‍यौं भने नेपालको ग्रामिण स्वाथ्यमा ब्यापक सुधार ल्याउन सकिन्छ भन्ने हाम्रो सोच हो ।’ नेपालमा भुकम्प जानुअघि नै सुरु गरिएको यस अभियानमा अहिलेसम्म करिब ९ सयजना सदस्य बनिसकेका छन् । अबको केही समयभित्रमा अष्ट्रेलियाको सबै राज्यहरुमा काम गर्ने स्वास्थ्यकर्मीहरु समेटेर यस अभियानलाई अझ तिव्र बनाइने लामिछानेले बताए ।
    उक्त अभियानमा लागिपरेका सेन्ट भिन्सेन्ट अस्पतालमा न्युरोजिकल नर्स विशेषज्ञको रुपमा काम गरिरहेका धर्म अधिकारीले स्वास्थ्यकर्मीहरुलाई लिएर ग्रामिण भेगमा स्वास्थ्य शिविर, जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने योजना सुनाए । ‘यदी महिनाको एक डलरले आफ्नो देशका लागि केही गर्न सकिन्छ भने किन नगर्ने भनेर हामीले सुरु गरेका थियौं,’ अधिकारीले भने, ‘यसमा दैनिक रुपमा साथीहरुले सक्रियताका साथ सहभागिता जनाइरहनुभएको छ ।’
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: ग्रामिण स्वास्थ्यका लागि ‘एक डलर’ अभियान Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top