728x90 AdSpace

  • ताजा ताजा

    बेलायतमा कास्य जित्ने दुई खेलाडी सम्मानित

    लन्डन, असार २५ - १९ औं सेन्ट्रल इंग्ल्याण्ड कराते च्याम्पियनसीपमा कास्य पदक जित्ने दुई नेपाली खेलाडी सम्मानित भएका छन् । सुनिल लामा र परशुराम बास्तोलालाई एनआरएनए यूकेले सम्मान गरेको हो । बुधबार साँझ याक एण्ड यती रेष्टुरेन्ट एल्थाममा आयोजित एक समारोहबीच करातेका राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको हो ।
    उनीहरुलाई एनआरएनए आइसीसी सदस्य विनोद ज्ञवाली तथा एनआरएनए यूके अध्यक्ष महेन्द्र कँडेलले प्रमाणपत्रसहित खादाले सम्मान गरे । संघले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम राखेको भन्दै सम्मानसहित बधाइ समेत दिएको छ ।
    करातेका पूर्व प्रशिक्षक तथा राष्ट्रिय रेफ्री एवं एनआरएनए यूके सल्लाहकार जीवन सेनको संयोजनमा भएको उक्त सम्मान कार्यक्रममा सेन र एनआरएनए यूके सदस्य तथा युथ एसोसिएसन यूकेका अध्यक्ष ह्यारी गुरुङले खेलाडीलाई ट्रयाक सुट प्रदान गरि बधाइ तथा शुभकामना दिएका थिए ।
    उक्त अवसरमा एनआरएनए यूके सल्लाहकारहरु सुरज केसी, भोजप्रसाद गुरुङ लगायतले शुभकामना र एनआरएनए यूके सदस्य तथा पत्रकार फडिन्द्र भट्टराई स्वागत मन्तव्य दिएका थिए ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: बेलायतमा कास्य जित्ने दुई खेलाडी सम्मानित Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top