728x90 AdSpace

  • ताजा ताजा

    धरहरा बनाउन ३० करोड माग


    विभागले पहिलेको स्वरुपमा नै धरहरा निर्माण गर्न उक्त लागत लाग्ने भन्दै सरकारसँग रकम माग गरेको हो । तत्कालिन राजा रणबहादुर शाहकी महारानी ललितत्रिपुरा देवी शाहले निर्माण गराएको धरहरा यसपटक आएको महाभूकम्पका कारण पूर्णरुपमा ध्वस्त भएको थियो ।
    वि।सं।१८८२ मा निर्माण भएको धरहरा १९९० साल माघ २ गते गएको महाभूकम्पपछि २ तला भाँचिएको थियो ।
    पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने उद्देश्य लिइएको धरहरा निर्माण गर्न ३० करोड लाग्ने विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । विभागले हरेक वर्ष ६ करोडका दरले रकम निकासा गरे पाँच वर्षभित्र धरहरा निर्माण सम्पन्न गर्न सकिने कुँवरले जानकारी दिए ।
    यस आर्थिक वर्षबाटै निर्माण शुरु गर्ने लक्ष्य लिएको विभागले धरहराको नक्सा बनाइ सकेको नेपाल समाचारपत्रमा खबर छ ।

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: धरहरा बनाउन ३० करोड माग Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top