728x90 AdSpace

  • ताजा ताजा

    जब गुमाउन पनि केही बाँकी रहँदैन

    अनिलकुमार कर्ण
    खससरदारहरुको शक्तिबृद्धि गर्ने मनसुबाले इतिहासको मौजूदा कालखण्डमा छल र कपटले समर्थ एउटा दुष्ट पात्रको उदय भएको छ । उखानटुक्का र शब्दाडम्बरले रुपान्तरणको आकांक्षालाई तेजोबध गर्ने विकल पत्रवाहक ओलीको अगुवाइमा एकलजातीय राज्यको लम्पट वापसी हुने प्रबन्धन गरिदैँछ, सविधानको कुरुप मस्यौदाबाट । शक्तिहीन प्रादेशिक संरचना, प्रभुत्ववादी प्रावधान र बहुअर्थी शब्दजालहरुले भरिएका प्रस्तावित संविधान गृहयुद्धको कोठेपद बन्ने निश्चित छ । घागडान ओलीले कागजमा तानेका धर्काभित्र सामन्ती अहमत्याइँले अरौटे वाक्यहरु लेखेका छन् कृष्णप्रसाद सिटौलाजस्ता जन्तरे सुबेदारले । घृणा, तुस र अस्वीकृतिलाई वैधानिकीकरण गर्ने जेठा, माइला र काइलाहरुको सिँहदरबारमा बिरेआग्लो लगाउने सधैँभरिको तडपले भने सिटौलालाई मधेशी, जनजाति र आदिबासीहरुको तख्तापलट गर्ने सिपालु सिकर्मी बनाएको हो भनिरहनु पर्दैन ।
    विगतमा सत्तारुढ हुँदा गरिएका गल्तीहरुको चुकचुकाहट छ मधेशकेन्द्रित दलमा । एकलजातीय राज्यको दूर्गुण र दुष्प्रभावलाई बेलैमा मत्थर गर्न नसकिएको तनाब पनि । संविधानको प्रस्तावित मस्यौदा पारित भएपछिको आसन्न तबाहीको बोध पनि । तर दबाई छैन ती दलहरुसँग राजनीतिक दङ्गलमा दगाबाज ओलीहरुलाई दगुराएर दच्काउन वा कान समाएर दण्डबैठकी गराउन । एक दशकयता निबुद्धि र निर्बोधबीचको तुइँनयात्रामा रहेको मधेश राजनीति आज साँच्चिकै निर्बल र निर्बीज भएको छ ? महन्थ ठाकुरहरुको मधेशयात्राबाट यस प्रश्नको उत्तर तौलिने छ । तर उनीहरुको यात्राले भने स्वतःस्र्फुत जनआन्दोलनको बन्दोबस्तलाई मजबूत बनाउने आधार सिर्जना गर्नेछ भन्ने कुरामा संशय छैन । प्रहरीको क्रुरतापूर्ण दमनलाई बुलन्द भएर प्रतिकार गरिरहेका मधेशीजनको माग पनि ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवहरु सडकमै आन्दोलनको मद्दतिया बनोस भन्ने हो । जनकपुरबाट शंखघोष भएको जनआन्दोलनको महासमरमा अगिल्तिर देखिनु भनेको दलहरुप्रतिको जनविश्वासलाई आडभरोसका रुपमा प्रत्यर्पित गर्ने औसर पनि हो । अन्य दलका मधेशी नेताहरु कठिन परिस्थितिका बीच बुज्रुक बनिरहेको बेलामा मधेशवादलाई नै बीजमन्त्र मानेका अनिलकुमार झा आन्दोलनमा बिहिलिएर आफ्नो ‘यायावर’ छविमा सुधार गरेका छन् । केही समययताका विरोधाभाष र आफैँलाई कमजोर गर्ने काइदाबीच सङ्घर्षपूर्ण अतीतलाई पुनराबृत्त गरेका झाको नायकत्व सडककै बाटोबाट स्थापित हुनेछ । विद्रोहको मङ्गलध्वनिले डा. डिम्पलको ‘गृहिणी’ व्यतिmत्व चुक्ता भएर रापिलो बनेको छ । राजनीतिक अभियन्ताको प्रभाविलो पगरी गुत्थनु भनेकै जीवनमा हासिल गरिने सबैभन्दा ठूलो डाक्टरेट हो । कुनै बेला नाउँ अगाडि डाक्टर सम्बोधन नभएकोमा रन्किने डा. डिम्पललाई झाँसीकी रानी बन्ने औसर र गौरव प्राप्त हुँदा विगतमा मानपदवीको सम्बोधनलाई लिएर भएको लघुताभाषका लागि अवश्य पनि पछुतो हुनुपर्ने हो ।
    कुरुक्षेत्रमा गीता वाचन हुने महाभारतमा शरत्सिँह भण्डारी र राजकिशोर यादवको अनुपस्थिति बडो उदेकलाग्दो छ । उनीहरुका पेटबोलीमा मधेशको ‘म’ हराएको स्थितिले हैरान हुनुपर्ने स्थिति छ । शरत्सिँहको मतिभ्रमलाई उनको पार्टीका विज्ञप्तिमा देखिने काइते वाक्यांशहरुले नै बुझ्न सकिन्छ । मधेशी जनताका पक्षमा सुखसयल गुमाएका शरत्सिँहलाई अब लिखतमा होइन, आफ्नो अडानलाई व्यवहारमा अनुदित गर्ने मौका जुरेको छ । गच्छदारको चुक बाञ्छनीय छ, तर भण्डारीको लर्खारहट अक्षम्य हुनेछ । मधेशी राजनीतिको मूलघरबाट धपाइएका राजकिशोर यादवको सुझमै बिर्को लागेको टिप्पणी गर्नेहरु धेरै छन् । आकारमा मुसुरी हुनुभन्दा व्यवहारमा जड हुनु दूर्भाग्यपूर्ण हुनसक्छ । ठूला उद्योगी हुनुको रमझम त्यागेर डा. बीरेन्द्र महतोले देखाएको मधेशपरायणता भष्मकारीहरुलाई मनोपरामर्श दिने उदाहरण हुनसक्छ । मधेश मुद्दालाई कार्यान्वयन नगर्न दरपीठ गरिएको कुबेरमा बक्साउनी खान खोजेकाहरुलाई मधेशले राजनीतिक निवृत्तिभरणका रुपमा उपेक्षा, तिरस्कार र हेयदृष्टि मात्र दिनेछ ।
    ओलीसत्ताको विनास निश्चित छ । अहङ्कार, मूख्र्याइँ, खोक्रोपना, आत्मविभोर र पश्चगमनको पृष्ठपोषक ओली डक्ट्रीनले मधेशी जनतालाई दासताको शिकार बनाउने जुन रुप र तरिकालाई पहिल्याएको छ, यसलाई एक्काइसौं शताब्दीको चेतनाले कदापी स्वीकार गर्दैन । ओलीलाई परम्परागत शासकीयता गुम्ने त्रास छ र मधेशीजनलाई आत्मसम्मान क्षय हुने भय । आधुनिक संसारमा आत्मसम्मान, प्रतिष्ठा एवं मर्यादाकै जीत भएको छ । ओलीको नेपाल मात्र यसको अपवाद कसरी हुनसक्छ ? सत्ताशासन हाक्ने जन्मजात अधिकार भएको खसविश्वासलाई प्रस्तावित संविधानको मस्यौदाले आचरण र व्यवहारको रुपमा स्थापित गर्न चाहन्छ । आफ्नो जातिको सत्ताकौशल, बहादुरी र धूत्र्याइँलाई लिएर ओलीभ्रमको जुन जालो उनिएको छ, यसले कालान्तरमा क्षति हुने भनेको खसआर्यलाई नै हो । जनकपुरमा निर्दोष र अबोध बालकलाई निर्ममतापूर्वक कुटेर मरणासन्न बनाएका ओलीको राष्ट्रिय बहादुरहरुको कायरताले मधेशी जनतालाई सङ्घर्षका लागि प्रबल उर्जा दिएको छ । जनकपुरको त्यस दर्दनाक क्षणलाई प्रत्येक मधेशी जनताले महसूश गरेका छन् । राज्यसत्ताको आवेश र उन्मादको गहिरो चोटले प्रत्येक मधेशीको टाउको रतmाम्म बनेको छ । सङ्घीयताको नाउँमा सम्मानित र अधिकारसम्पन्न नागरिक मात्र बन्न खोजेका मधेशीमाथिको दुराग्रह, बर्बरता र हिँसक व्यवहारको निरन्तरताले मधेशमा स्वतन्त्रताको महाकाव्य लेखिदैँन भनेर कसले दाबी गर्न सक्छ । यो एउटा सानदार वा रुमानी संयोग होइन कि सरकारका बरिष्ठ मन्त्री विमलेन्द्र निधिको प्राविधिक कारणले यात्रा बाधित हुन्छ जब उनी जनमत संकलनका लागि गृहजिल्लातर्फ हानिएका हुन्छन् । राजनीतिक विषमता र खास जातीय आग्रहअनुरुप आएको मस्यौदामाथि उनको कठोर टिप्पणीले दलीय सीमा र सरकारी सङ्कीर्णताको उल्लंघन हुनु पनि भ्रान्तिपूर्ण वा त्रुटीपूर्ण ढङ्गले जीब्रो चिप्लिएको स्थिति होइन । निधिको आत्मविश्वासी, दृढतापूर्ण र स्ववांछित अभिव्यक्ति मधेश मुतिmको मूलविचारलाई टेको दिएको छ । यसले एउटा रोचक स्थितिका लागि सहजीकरण गरेको छ त्यो हो , ढिलोचाडो संविधानसभामा रहेका सबै दलका सदस्यहरुलाई भुइँमा जीउ पसार्नै पर्छ । जनताको करले होस वा स्वमर्जीले ।
    जनमत संकलन बाधित भयो भने महोत्तरीको रामगोपालपुरमा सरकारी कार्यालयहरु स्थापना हुँदैन भन्ने भ्रम फिँजाएर जनमत संकलन गर्न तम्सेका एमाले सभासद् दीपनारायण साह र काँग्रेसकी नेपालीभाषी सभासद् संगीता मण्डललाई मुड्की खानुपरेको स्थिति प्रारब्ध मात्र हो, कूलघातीहरुलाई बेघर हुने दूर्दिन पनि अवश्यम्भावी छ । शासकीय आक्रमणले मधेशी समुदायलाई अस्तित्वरक्षामा पारगंत बनाइसकेको यथार्थलाई विगतका थुप्रा आन्दोलनहरुले प्रष्ट्याइसकेको छ । अमरेश सिँहको तीखो, अक्रामक र कर्मठ स्वरले पनि साबित गरेको छ कि मधेश नेपालको एउटा अपरिहार्य र सुनिश्चित राजनीतिक शतिm हो । यस शतिmको परिचालनमा मधेशकेन्द्रित दल गंगोत्री भए पनि धेरै शाखा नदीहरु विलिन हुने गंगाको वेगवान प्रभाव यस शतिmमा अन्तर्निहित छ । राज्यले यसको बिस्तार, गहिराइ र प्रभावलाई बेलैमा बुझ्दैन भने सत्ता बाँडफाँडको मधेशी मनोविज्ञान सत्ताहस्तान्तरणको अपेक्षामा रुपान्तरित हुनसक्छ ।
    अन्त्यमा, एमाओवादीको काँग्रेस र एमालेप्रतिको निष्ठा र ती दलहरुको अनुकूलतामा आत्मसमर्पण सत्ता र त्यससँग जोडिएको सन्तोकबाहेक अर्थोक होइन । सत्ताकै लागि वर्षौ लडेका एमाओवादी अध्यक्ष प्रचण्डलाई कुर्ची गुमाउँदाको पीडाले कुन्ठित बनाएको छ । उनको कुन्ठा घरिघरि बाहिरिने पनि गर्छ उनकै महान र सारगर्भित अभिव्यक्तिहरुमा । तर पछिल्लो १६ बुँदे सहमति र त्यसपछि संविधान बनाउने फास्टट्रयाकले एमाओवादीलाई इतिहासको पानामा समेटिन बाध्य हुनुपर्नेछ । निकै क्रुर र अप्रिय क्षण हुनेछ जब एमाओवादीसँग गुमाउन केही पनि बाँकी रहँदैन ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: जब गुमाउन पनि केही बाँकी रहँदैन Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top