728x90 AdSpace

  • ताजा ताजा

    प्रहरी कुटपिटबाट बेहोस बनेका बालकको अझै होस् खुलेन

    २०७२ साउन ८ गते
    बन्दका क्रममा जनकपुरको जानकी चोंकमा प्रहरीको कुटपिटबाट बेहोस बनेका एक बालकको अझै होस खुल्न सकेको छैन । 
    ५ साउनमा आह्वान गरिएको बन्दका क्रममा प्रहरीले जनकपुर–४, धनुषाका १४ बर्षीय बालक दिनेशकुमार साहलाई निर्धात कुटपिट गरेका थिए । कुटपिटपछि बेहोस् बालकको अझै होस् खुल्न नसकेको उनका बाबु श्रवणले बताए । साहको अहिले विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनका बाबु श्रवणले भने, “अहिलेसम्म होस् खुलेको छैन ।” 
    बजारबाट घर फर्कने क्रममा बालकलाई प्रहरीले कुटपिट गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । 
    मस्यौदामाथि सुझाव संकलनको विरोधमा प्रहरीसँग झडपको अवस्था सृजना भएपछि आह्वान गरिएको बन्दमा बालक कुटिएका हुन् ।
     प्रहरीले भने प्रहरीमाथि ढुंगा हानेकाले त्यसको प्रतिरोध गर्दा बालक घाइते भएको जनाएको छ । 
    प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले घटना अनुसन्धान गर्न निर्देशन दिएको बताए । उनले भने, “घटना हुँदा एसपी गणेश थापासँगै थिएँ, जानकी प्रहरी चौकी आक्रमणको सूचना आएपछि एसपी थापा त्यता गएका थिए । केही समयपछि बालकको टाउँको फुटेको समाचार आयो ।” एसपी थापाले भने दोहोरो झपडमा बालक घाइते भएको जानकारी गराएका छन् । 
    प्रजिअ पराजुलीले भने, “प्रदर्शनकारी र प्रहरीको बीच बालक पर्दा घाइते भएको जानकारी प्रहरीले दिएको छ ।” साहको टाउँको फुटेलगत्तै जनकपुरमा उपचार संभव नहुँने जनाएपछि विराटनगर लगिएको थियो ।

    कसरी कुटिए ती बालक ?
    जनकपुरधामको जानकी मन्दिर नजिक जानकी चौकमा प्रहरी र प्रर्दशनकारीबीच झडप भइरहेको थियो । घरबाट फलफुल तथा तरकारी लिन आएका बालक झडपको छेउबाट घर फर्किदै थिए । 
    प्रहरीले बल प्रयोग गरी प्रर्दशनकारीलाई धपाउन सफल भए तर त्यो बालक आफनो बाटो भएर जाँदै थिए । प्रहरीले बालकलाई घेरा हाले । प्रत्यक्षदर्शीहरुका अनुसार प्रहरीहरुले पहिले बालकको टाउकोमा बन्दुकको कुनाले हाने । बालक ढले पछि प्रहरीहरुले बुट तथा बन्दुकको कुना र लाठीले अन्दाधुन्द हाने । बालक एकलै भुईमा लडेका थिए ।
    बालकको टाउकोमा गम्भर चोट लागेको छभने मुखका सबै दाँतहरु झरेको छ । बालको बाँच्ने सम्भावना न्यून रहेको जनकपुर अञ्चल अस्पतालका चिकित्सकहरुले बताए । 

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: प्रहरी कुटपिटबाट बेहोस बनेका बालकको अझै होस् खुलेन Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top