728x90 AdSpace

  • ताजा ताजा

    पीडक नै सम्मानित बन्दाको परिणाम


    साउदी १० श्रावण ।
    साउदी अरबमा २ बर्ष अघि दिइएको आममाफीपछि यहांको श्रम बजार लगभग सफा (अबैध कामदार रहित) बनेकै हो । तर लगत्तै कामदारहरू भाग्ने र भगाउने क्रम फेरि शुरू भयो, साउदी अरबका जेलहरू अबैध कामदारहरूले भरिन थाले, हिंजो जेलभित्रैबाट एक जना नेपालीले भन्नुभयो - मुश्किलले १५-२० जना अटाउने जेलको कोठामा १०० भन्दा बढीलार्इ राखिएको छ । चालू हिज्री क्यालेण्डरको ९ महिनामै साउदी अरबले ४ लाख ७६ हजार अबैध कामदारहरूलार्इ स्वदेश फिर्ता (Deport) गरिसकेको छ। यस्तो नहोस पनि किन? जब कामदारहरूलार्इ भाग्न बाद्य पार्ने पात्र र प्रबृत्तीहरू यथावत सुरक्षित र संरक्षित रहिरहन्छन । "कार्बाही गर" भनी दिइएको सूचीभित्रै का दलालहरूलार्इ छानी छानी कदर-पत्र ले सम्मान गरिन्छ !
    यहांको श्रम कानून र हालै सरकारले पनि भनेको छ - भाग्न भगाउन प्रोत्साहित गर्ने, भगौडाहरूलार्इ आश्रय दिनेलार्इ समेत कडा कानूनी कार्बाही गरिनेछ । नेपालीका नाताले सहानुभूतिपूर्बक कसैलार्इ सहयोग गर्दा पनि अब स्वयम कार्बाहीमा परिने भएको छ । सबै बेलैमा सचेत बनौं 
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: पीडक नै सम्मानित बन्दाको परिणाम Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top