728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्ड समर्थनको बैज्ञानिकता

    गोपाल किराती
    कम्युनिष्ट आन्दोलनमा ‘नेतृत्व खोस्नेहरु’ले क्रान्ति गरेका छैनन् । अर्थात् बुढो बावुलाई डोकोमा बोकेर ओढारमा पुर्‍याउने मुर्ख छोराकै नियति तिनले व्यहोरेका छन् । उत्तराधिकारी बन्न महान सहायक चरित्रकाहरु नै सफल देखिन्छन् । महान सहायकको अर्थ आफ्नो बिशिष्ट मौलिकतासहितको त्यागी र नेतृत्वको मर्म बोध गर्न सक्षम मातहतको नेतृत्व हो भनेर बुझ्नुपर्छ ।  जुन कौशलता माक्र्ससँग एंगेल्सले, लेनिनसँग स्टालिनले एवं माओसँग चाओले प्रदर्शन गर्नुभएको थियो ।
    लेनिनअघि रुसी मजदुर आन्दोलनमा प्लेखानोभ र मार्तोभजस्ता घघ्डान व्यक्तित्वहरु थिए । लेनिनले उनीहरुको कहिल्यै अपमान गर्नु भएन । यद्यपि, पार्टी निर्माण क्रममा स्वतस्फुर्त दस्ता बनाउने कि संगठित अग्रदस्ता बनाउने भन्ने प्रश्नमा उहाँहरुबीच मतभेद देखा पर्‍यो । परिणाममा, लेनिनको अग्रदस्ताको प्रस्ताव बहुमत बन्यो, जसलाई बोल्सेभिक भनियो र बोल्सेभिककै नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भयो । त्यही अक्टोबर क्रान्तिको जगमा दोस्रो विश्वयुद्धका खलनायक हिटलरलाई स्टालिन नेतृत्वको सोभियत सेनाले परास्त गर्‍यो ।भियतनामको लडाईंमा हो चि मिन्हसँग जनरल जीयापले पनि त्यही गरेका थिए । फिडेल क्यास्ट्रोसँग चे ग्वेभारा र राहुल क्यास्ट्रोको सम्बन्धबारे दुनियाँ जानकार छ ।
    सन् १९२१ मा चीन, भारत र दक्षिण अपि|mकामा सँगसँगै कम्युनिष्ट पार्टी स्थापना गरियो । प्राध्यापक छन्तु श्युको नेतृत्वमा स्थापित चिनिया कम्युनिष्ट पार्टीको संस्थापक सदस्यमा माओत्सेतुङ पनि हुनुहुन्थ्यो । तर, उहाँ केवल २८ वर्षको युवा हुनुहुन्थ्यो । छन तुस्यु, वाङ मिङ, लिली सानहरुले सोभियत अक्टोबर क्रान्तिको यान्त्रीक नक्कल गर्न खोज्दा माओले विरोध गर्नुभयो । वाङ मिङ र लिली सानको उग्रवामपन्थी गल्तिका कारण शहरिया विद्रोहमा कम्युनिष्ट पार्टीका अढाई लाख सदस्यहरुको अनावश्यक वलिदानबाट चीनिया क्रान्तिमा भयानक धक्का लाग्यो । त्यपिछि जेष्ठ नेताहरुले माओको किसान संघर्षको लाइनलाई समर्थन गरे । अखिल चीन किसान संघको अध्यक्षको जिम्मा माओलाई दिइयो । हुनान गएर माओले विशाल किसान फौज निर्माण आरम्भ गर्नुभयो । मजदुर-किसान एकता, मूलतः किसान आधारित जनमुक्ति सेनाले चीनिया क्रान्ति सम्पन्न गर्‍यो ।
    नेपालमा इमान्दार कम्युनिष्ट पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भयो । तर, दुई वर्ष नपुग्दै पुष्पलाललाई महासचिव पदबाट बर्खास्त गरेर मनमोहन अधिकारीले सो पद हत्याए । इमान्दार नेतालाई किनारामा राखेर नेतृत्व खोसाखोसकै क्रममा केसरजंग रायमाझी महासचिव बने, जसले कम्युनिष्ट आन्दोलन राजा महेन्द्रको पाउमा समर्पित गरे । तुलसीलाल अमात्यले नेतृत्व लिए पनि गरिखाएनन् । मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठको सहयोगमा मोहनविक्रम सिंहले ‘गद्दार पुष्पलाल’ नामको किताब नै लेखे । मोहनविक्रमले पनि आखिर क्रान्ति गरेनन् । मोहनविक्रम सिंहको गलत दिशा विरुद्ध मोहन वैद्य (किरण) र प्रचण्डले विद्रोह गर्नुभयो ।
    पाँचौं महाधिवेशनबाट नेतृत्वमा आउनुभएको किरणले मोटो मशाल स्थापना गर्नुभयो । पार्टीको केन्द्रीय समिति हुँदै स्वभाविक रुपमा पोलिटब्युरोमा पुग्नुभएका प्रचण्डले किरणसँग क्षमताको आधारमा अति स्वभाविक रुपमा नेतृत्व लिनुभयो । पार्टी प्रमुख हुनासाथ प्रचण्डले एकता केन्द्र हुँदै नेकपा माओवादीमा रुपान्तरण गर्नुभयो । दासढुंगा घटनाको ठिक ११ दिनअघि मदन भण्डारीसँग पनि कम्युनिष्ट ध्रुविकरणबारे प्रचण्डको विस्तृत छलफल भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा सैद्धान्तिक मतभेद स्पष्ट गर्ने कामबाहेक पुरानो नेतृत्व विरुद्ध पूर्वाग्रही आक्रमण नगरी स्वभाविक कौशलता प्रदर्शन गरेर नेतृत्व लिने काम प्रचण्डबाट भयो ।
    रातदिन प्रचण्डको मृत्युमा जीवन खोज्नेहरु एकातिर भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीपतिवर्ग ज्यान छाडेर लागेको छ भने त्यसैमा होमा हो मिलाएर नेपाली उत्पीडित जातिहरु लाग्नाले परिणाम के दिन्छ ?
    हरिबोल गजुरेलको तर्कमा ‘सर्वहारा क्रान्ति जुन नेताको नेतृत्वमा उठ्छ, उसैको नेतृत्वमा सम्पन्न गर्नुपर्छ । अन्यथा क्रान्तिले धक्का खान्छ, अथवा प्रतिक्रान्ति हुन्छ ।’ मलेशिया, बर्मा, भारतको चारु मजुम्दार तथा पेरुमा गोञ्जालोको गिरˆतारीसँगै क्रान्तिमा उत्पन्न संकटले हरिबोलजीको तर्क ऐतिहासिक भौतिकवादसम्मत ठहर्छ । कारण, सामन्त र पुँजीपतिवर्गको समग्र वर्गीय नेतृत्व संस्थागत भएको अवस्था हुन्छ भने सर्वहारा वर्गले नयाँ परिस्थितिमा आफूलाई संगठित गर्नुको साथसाथै नेतृत्वको विकास र रक्षा पनि गर्न सक्नुपर्छ । नेपाली समाजमा हामीले देखेका छौं कि प्रायः कम्युनिष्ट नेताहरु सबै लेखक छन् । तर, सामन्त र पुँजीपति नेताहरु विरलै लेखन कार्य गर्दछन् । सामन्त र पुँजीपतिका निम्ति तम्तयार साहित्य हुन्छ । त्यसमाथि बाहृय साम्राज्यवादले उसलाई हरेक दृष्टिले भरथेक गरेको हुन्छ भने सर्वहारा क्रान्तिकारीलाई त्यस्तो तम्तयार साहित्य र स्टालिनको पालामा माओ र माओको पालामा कत्तिपय क्रान्तिकारी मूलुकले प्राप्त गरेको साहित्यिक सहयोग उपलब्ध हुँदैन ।
    जगजाहेर छ, नेत्रविक्रम चन्द ‘विप्लव’को भित्री योजनामा किरण-बादललाई उभ्याएर पार्टी फुटाइएको थियो । त्यसैले किरण-बादललाई पनि लत्याएर विप्लवले अर्को समुह खडा गरे । विप्लवजी युवा हुन्, यसमा कुनै शंका छैन । तर, उनको एकीकृत क्रान्तिको दस्तावेजले मध्यम वर्गलाई आधार मान्ने कार्यदिशा लिएको अवस्थामा विप्लवले सर्वहारा क्रान्ति गर्छन् भनेर दुनियाँमा कसैले विश्वास गर्न सक्दैन । साथै, संविधानसभाबाट संविधानको नीति बनाउनेमा विप्लवको पनि कुनै बिना हिच्किचाहट समर्थन रहेको हो । तर, संविधानसभाबाट संविधानको नीति बीचैमा छोडेर भागेको अवस्थाले पनि विप्लवजी राजनीतिक कार्यनीतिको प्रयोगमा पटक्कै सक्षम देखिदैँनन् ।
    युवा भएर मात्र हुने भए किरात राज्यको निम्ति संगठन गर्दा यो गोपाल किराती २७ वर्षको मात्र थियो ।
    जब १२ बुँदेको निश्कर्ष १६ बुँदे सहमति बनेर संविधान निर्माण प्रक्रियाले ठोस आकार लिन खोज्यो, त्यहीबेला लोकेन्द्र बिष्टको राजीनामाका समाचारहरु आए । अनाधिकृत रुपमा हाम्रो समेत नाम मुछेर एकीकृत नेकपा माओवादीबारे जनसमुदायमा भ्रमित पार्ने ठुलो कसरत गरियो । परन्तु, बाख्रा गोठालोको कथाजस्तै ती पीत पत्रकारिता गर्नेहरुको हैसियत सर्वाङ्ग हुन पुग्यो । कथित राजीनामा समाचारको जब हामीले खण्डन गर्‍यौं, एउटा ठुलै पंक्तिबाट हाम्रो विरुद्ध चर्को टिप्पणीहरु भए । मानौं कि गोपाल किरातीले माओवादी छोड्नु नै महान कार्य हो ! हामीविरुद्ध बिषवमन गर्ने क्रममा कत्तिपयले विप्लवजीको समर्थन गरि टोपलेको पनि देखियो । यद्यपि यथार्थ त्यो थिएन । वास्तविक यथार्थ त प्रचण्डको छाला काड्नुसँग ती विरोध र टिप्पणीहरु सम्बन्धित थिए ।
    बिश्लेषक सीके लालले ‘कांग्रेस र एमालेका बाहुनहरु प्रचण्डलाई दलित ठान्छन्’ भनेर लेखे । यो सत्य पनि हो । यो तथ्यलाई उत्पीडित समुदायका अगुवाहरुले बोध गर्ने कि नगर्ने ?
    बहुदलीय लोकतन्त्रमा आलोचना, विरोध गर्ने स्वतन्त्रता सबैलाई हुन्छ । तर, कसैप्रतिको आलोचना र विरोधले शान्ति र संविधान प्रक्रियालाई वाधा पुर्‍याउनु हुँदैन ।
    अर्को सन्दर्भमा राष्ट्रिय एकता र सार्वभौमसत्तालाई वाधा पुर्‍याउनु हुँदैन । परन्तु, रातदिन प्रचण्डको मृत्युमा जीवन खोज्नेहरु एकातिर भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीपतिवर्ग ज्यान छाडेर लागेको छ भने त्यसैमा होमा हो मिलाएर नेपाली उत्पीडित जातिहरु लाग्नाले परिणाम के दिन्छ ? मूलतः प्रगतिशील अन्तर्वस्तुको संविधान निर्माण प्रक्रियाले ठोस रुप लिने बेलामा प्रचण्डको मृत्युमा जीवन खोज्ने आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिलाको पनि जीवन किमार्थ सम्भव हुँदैन ।
    प्रचण्डको नेतृत्वलाई समर्थन गर्नुपर्ने एक कारण हाम्रो ऐतिहासिक अभिभारा हो । उहाँकै नेतृत्वमा किरात वर्कर्स पार्टीबाट हामी माओवादी बनेका थियौं । विभाजनकारी पक्षका कत्तिपय साथीहरुले ‘प्रचण्डलाई किन पर्खेर बसेको ?’ भनेर सोध्ने गर्दछन् । जवाफमा भन्ने गरेका छौं कि ‘हामी एकताको प्रवृत्ति हौं । एकताको इतिहासको रक्षार्थ प्रचण्डको नेतृत्वलाई समर्थन गर्छौं ।’  यद्यपि जहान परिवारको रवैया तथा कार्यशैलीबारे हाम्रा पनि गम्भीर असहमतिहरु छन् ।
    वर्गीय कोणबाट प्रचण्डलाई हदैसम्म कम्जोर बनाउने नियतले हामीविरद्ध समेत फुटपरस्तहरुद्वारा प्रहार हुने गरेको छ भने जातीय-क्षेत्रीय कोणबाट निषेधात्मक दृष्टिकोणका कारण हामीविरुद्ध प्रहार भएका छन् । सारतत्वमा यी दुवै कोणहरुको एउटै उदेश्य छ, त्यो हो- प्रचण्ड नेतृत्वको कम्युनिष्ट आन्दोलन ध्वस्त पार्नु ।
    वर्ग-संघर्षको इतिहासमा जहाँ जातीय उत्पीडन छ, त्यहाँको समाजमा पनि उत्पीडक जातिबाट आएको क्रान्तिकारीकै नेतृत्वमा क्रान्ति हुने गरेको छ र जातीयलगायत उत्पीडनको अन्त्य गरिएको छ । माक्र्स-एंगेल्स यहुदी जातिको हुनुहुन्थ्यो । जुन यहुदीका विरुद्ध हिटलरले सम्पूर्ण शक्ति प्रयोग गर्नु परेको थियो । लेनिन साम्राज्यवादी रुसी जातिको हुनुहुन्थ्यो । माओत्सेतुङ शासक हान जातिको हुनुहुन्थ्यो । उहाँहरुकै नेतृत्वमा क्रान्ति सम्पन्न भयो ।
    इतिहासको यो पक्ष उत्पीडित वर्गको भए पनि उत्पीडक जातिको मानिसले पुरानो प्राज्ञिक/सांस्कृतिक सत्ताको अभ्यास गरेको हुन्छ । वर्गीय रुपमा उत्पीडित भए पनि यसरी जातीय रुपमा प्राज्ञिक सत्ताको अभ्यास गर्दै आएको हुनाले उसले वर्गीय रुपमा पुरानो सत्ताविरुद्ध विद्रोह गर्छ र क्रान्ति सम्पन्न गर्ने कार्यभारका रुपमा जातीय, क्षेत्रीय, लैंगिक उत्पीडन अन्त्यको झन्डा उठाउँछ । नेपालमा ब्राहृमण परिवारमा जन्मेर आएको प्रचण्डले गर्न खोज्नुभएको यही हो । ब्राहृमण परिवारमा जन्मेको प्रचण्डले जातीय मुक्ति आन्दोलन समेतको नेतृतव गर्दा त महाभारत उठाउनु परेको छ भने जनजाति, मधेसी, दलितले नेतृत्व गरेको भए के हुन्थ्यो ? बिचारणीय छ । यहीँनिर वर्गीय र जातीय मुक्ति आन्दोलनबीच समायोजनको बैज्ञानिकता स्पष्ट हुन्छ ।
    बिश्लेषक सीके लालले ‘कांग्रेस र एमालेका बाहुनहरु प्रचण्डलाई दलित ठान्छन्’ भनेर लेखे । यो सत्य पनि हो । यो तथ्यलाई उत्पीडित समुदायका अगुवाहरुले बोध गर्ने कि नगर्ने ? अहम प्रश्न बनेको छ ।
    एउटा अतिवादको विरद्ध अर्को अतिवाद अनिवार्य हुन्छ । परन्तु, राजतन्त्रको अन्त्य र गणतन्त्र संस्थागत गर्ने प्रश्नमा समन्वय र साझेदारीको ऐतिहासिक आवश्यकता छ । पहिचानसहितको संघीयताको पक्षमा लड्दै आएको प्रचण्डलाई बाहुन मात्र देख्नु निषेधात्मक दृष्टिकोण हुनुका साथसाथै अन्तर्विरोधको नियम विरुद्ध पनि छ । यदि तपाईं बाहुनवादको अन्त्य चाहनुहुन्छ भने तपाईंले बाहुन र बाहुनवादमा फरक छुटयाउन सक्नुपर्छ ।
    बाहुनवादीभित्र पनि मुख्य र सहायक पक्ष छुटयाएर मुख्यलाई प्रहार गर्न सहायकलाई निकट बनाउन सक्नुपर्छ । तर, तपाईं ‘बाहुन जति सबै बाहुनवादी नै हो, त्यो एउटै हो’ भन्ने जुन बिचार राख्नुहुन्छ, त्यसले एकातिर बाहुनलाई निषेध गर्ने तपाईंको दृष्टिकोणले समग्र बाहुनलाई शत्रु बनाइदिन्छ भने अर्कोतिर बाहुनवादी शक्तिलाई झन् मजबुत बनाइदिन्छ । खासगरी जनजातिहरुको यही कम्जोरीले बाहुनवाद अन्त्य गर्न कठिन परेको हो ।
    प्रचण्डसँग मानिसको अपेक्षा, दुश्मनको विरोध र उहाँको स्थितिबारे पनि प्रष्ट हुनुपर्छ । प्रचण्डसँग जनताले कार्यकारी राष्ट्रपति सरहको अपेक्षा राख्दछन्, जो पुरै गलत हो । जनभावनाको कदर गर्ने भनेपछि नेपाली नेताले खस-बाहुनको भावना पनि कदर गर्नुपर्ने हुन्छ ।
    जसरी हिजो शासक जातिलाई मात्र जनता ठानेर अन्यलाई रैती बनाइयो, गणतन्त्र नेपालमा त्यो हुन सक्दैन । अतः इमान्दार अपेक्षा गर्ने तप्का, अवसरवादी तप्का र विरोधी पक्षबीचको घनिभूत प्रहारलाई प्रचण्डले कसरी व्यवस्थित गर्नुभएको होला ? उहाँ सक्रिय र जीवित रहँदै वस्तुसंगत मूल्यांकन जरुरी छ ।
    अध्यक्ष प्रचण्डको बिचारधारा र राजनीतिक कार्यदिशा सही रहेकोले नै मुख्यतः हामी उहाँको समर्थन गर्छौं । यो जनवादी केन्द्रीयताको अनुशासनको प्रश्न पनि हो ।
    कहावत छ कि ‘विश्वास लागे नेता मान, नलागे छोड ।’ जसलाई विश्वास भएन उनीहरुले छोडेर गए । तर, इतिहासको माओवादी कार्यभार पनि छोडेर गए । हामीलाई प्रचण्डसँग विश्वास छ । त्यसैले नेता मान्दछौं र माओवादी कार्यभार सम्पन्न गर्न कलम चल्नेहरुले खुलेर लेख्दछौं । यो हाम्रो अधिकार र कर्तव्य दुवै हो ।
    अन्तमा, संघीय समाजवादी नेता अशोक राईका अनुसार कम्युनिष्ट पार्टी छोडेर पञ्च बनेका डीपी अधिकारीले एक अन्तर्वार्तामा भनेका थिए- ‘हामी पढेेलेखेका बाहुन युवाहरु भटाभट पार्टी केन्द्रीय समितिमा पुग्यौं र नपढेको पुष्पलाललाई महासचिवबाट हुत्याइदियौं ।’
    कम्युनिष्ट पार्टीका अतिरिक्त सबै राजनीतिक पार्टीमा जातिवाद यसरी हावी रहँदै आएको छ । घोषित नीति र व्यवहारको दृष्टिले प्रचण्ड माओवादीमा त्यो न्युन छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्ड समर्थनको बैज्ञानिकता Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top