728x90 AdSpace

  • ताजा ताजा

    सहकारीले बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाउने

    बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा सहकारीले लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहिबार एकिकृत निर्देशिका २०७२ जारी गर्दै संस्थापक सेयरमा लगानी गर्ने प्रतिबन्ध लगाएको हो ।
     
    ‘यस बैंकबाट इजाजतपत्र प्राप्त गरेका वा इजाजतपत्रको लागि नयाँ निवेदन पेश हुने बैंक तथा वित्तीय संस्थाको संस्थापक वा संस्थापक समुहको सेयरमा प्रचलित कानुन बमोजिम संस्थापित सहकारी संस्थाहरुले संस्थागत रुपमा लगानी गर्न पाउने छैनन्।’
     
    राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ।  त्यस्तै कालोसूचीमा रहेका ब्यक्तिको धितोबाट अन्यले समेत धितो राखि कर्जा निकाल्न नपाउने भएका छन् । त्यस्तै कालोसुचीमा परेका  व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई पनि ऋण नदिन राष्ट्र बैंकले निर्देशन दिएको छ।
     
    ‘यस निर्देशन बमोजिम कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि नयाँ कर्जा-सुविधा प्रदान गर्न, कर्जा-सुविधा नवीकरण गर्न, थप कर्जा-सुविधा प्रदान गर्न, किस्तावन्दीमा प्रदान भएको कर्जाको बाँकी किस्ता प्रदान गर्न वा जमानत स्वीकार गर्न समेत पाउने छैनन्’ राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: सहकारीले बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाउने Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top