728x90 AdSpace

  • ताजा ताजा

    जानकी मेडिकल कलेजका पुराना संचालकविरुद्घ ठगी मुददा दर्ता



    जनकपुरधाम । नयाँ संचालकले जिम्मेवारी सम्हालेको एक दिन बित्न नपाउँदै जनकपुरस्थित जानकी मेडिकल कलेजका पुराना सञ्चालकमाथि ठगी मुद्दा दर्ता गरिएको छ । जानकी मेडिकल कलेजमा नयाँ व्यवस्थापनले पठनपाठन सुरु गराएको एक दिनपछि नै जिल्ला प्रहरी कार्यालय धनुषाले पुराना संचालकहरुमाथि ठगी मुद्दा दर्ता गरेको हो ।

    सोमबार मुद्दा दर्ता गरेसँगै उनीहरुलाई वान्टेडको सूचीमा राखि अनुसन्धान अगाडि बढाइएको छ । प्रधानमन्त्रीको कार्यालय र शिक्षा मन्त्रालयबाट दबाब आएपछि गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी कलेजका संचालकहरुलाई खोजीको सुचीमा राखेको हो ।

    पुराना संचालकहरु ओपी पाण्डे, समीर ढुंगेलका साथै बलराम गुप्ता, कामेश्वर साह, अशोक सिन्हा, कृष्णदेव यादवसहितका सातजनालाई प्रहरी कार्यालयले खोजीको सूचीमा राखेको प्रहरी स्रोतले जनाएको छ । मेडिकल कलेजका विद्यार्थीहरुले गएको शुक्रबार जिल्ला प्रहरी कार्यालय पुगी मुद्दा दर्ता गराएका छन् ।

    धनुषाका प्रहरी उपरिक्षक गणेश बहादुर थापाले मुद्दा दर्ता भएपछि पुराना संचालकहरुलाई खोजीको सूचीमा राखिएको बताए । आईतबारबाट पठनपाठन पुनः सुरु गराएको जानकी मेडिकल कलेजका नयाँ संचालक समितिले मंगलबारदेखि जनकपुरधामस्थित कलेजको सिटी हस्पीटल पनि संचालन गर्ने तयारी गरेको छ ।

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: जानकी मेडिकल कलेजका पुराना संचालकविरुद्घ ठगी मुददा दर्ता Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top