728x90 AdSpace

  • ताजा ताजा

    मन्त्री मस्त कर्मचारी ब्यस्त


    काठमाडौं । दुई साता अघि सम्म सुनसानजस्तै देखिने राजधानीको चोक चोकमा अहिले बिहान गाडी पर्खाइमा बस्ने विद्यार्थीको भिड्भाड हुन्छ । सार्वजनिक बस खचाखच हुन थालेका छन् । उपत्यकाका २ हजार विद्यालयमा अध्ययनरत झण्डै ६ लाख विद्यार्थी पढ्न जान थालेपछि चहलपहल बढेको हो ।

    बजार पसल सबै खुलिसकेका छन् । भूकम्पको त्रासले घरमा झोक्र्याएर बस्ने बालबालिका देखि बृद्धासम्म आफनो दैनिकीमा फर्कन थालेका छन् । भूकम्पको त्रासमा एकोहोरिने केही विद्यार्थी परीक्षा दिदैछन् भने केही तयारीमा छन् । कक्षा १२ का विद्यार्थी परीक्षा दिदै छन् । जेठ ३१ देखि स्नातक तेस्रो वर्ष र असार १ देखि ११ कक्षाको परीक्षा सुरु हुदैछ । कान्तिपुर दैनिकमा समाचार छ ।

    शिक्षा मन्त्रालयले भूकम्पको पराकम्पन नरोकिंदै शैक्षिक संस्था खोल्ने निर्णय गर्दा सुरु चौतर्फी विरोध भएको थियो । शिक्षा प्रशासनले गरेको निर्णय रोक्न दबाबसमेत दिइएको थियो । अस्थायी सिकाई केन्द्र बनाउन लगाएर शिक्षा प्रशासनले आइतबारदेखि देशभरका अधिकांश विद्यालय खुलाएको हो ।

    शिक्षा मन्त्री चित्रलेखा यादव भूकम्प गएदेखि नै स्वदेश छैनन् । उनी एउटा देशबाट आउन नपाई अर्को देश उडिहाल्छिन् । वैशाखयता यादव कोरिया, चीन र डेनमार्क गइसकिन् । सोमबार छोरालाई समेत लिएर उनी डेनमार्क गएकी छन् । शिक्षासंग सरोकार नराख्ने कार्यक्रममा पनि उनी विदेश जाने गरेकी छिन् । उनी नभए पनि भूकम्पपछिको जनजीवन सामान्य बनाउन विरोधको बाबजुद पनि शिक्षा प्रशासनले प्रयास गरिरहेको छ ।

    विद्यालयको भग्नावेशष हटाउन मन्त्रालय र मातहत कार्यालयका कर्मचारीलाई एक महिनादेखि विद्यालयमा खटाउने गरिएको छ । सहसचिवको नेतृत्वमा टोली खटाउने गरिएको छ । शिक्षा सचिव विश्वप्रकाश पण्डित स्वयं नै नेतृत्व लिएर विद्यालय अनुगमन गरिरहेका छन् । मन्त्री बिना चलेको मन्त्रालयका कर्मचारी प्रशासनले जोखिम मोलेर विद्यालय खोल्ने निर्णय गरेका हुन् ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: मन्त्री मस्त कर्मचारी ब्यस्त Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top