728x90 AdSpace

  • ताजा ताजा

    भरतपुर अस्पतालमा जन्मियो ‘एलियन’ जस्तै बच्चा



    भरतपुर । चितवनको भरतपुर अस्पतालमा अनौठो स्वरुप भएको बच्चा जन्मिएपछि हेर्नेको भिड लागेको छ । हिजो दिउसो अस्पताल भर्ना भएकी रत्ननगर नगरपालिकाको मालपुरकी वविता मुशहरले जन्माएको बच्चा झट्ट हेर्दा विल्कुलै फरक स्वरुपको छ ।बष्बिल अजष्मि बत दजबचबतउगच

    राती ९ः५० बजे जन्मिएको बच्चाको दाँत देखिन्छ । सो बच्चाको आँखा छैन भने शरिर कडा र हात खुट्टा बाँङ्गीएको छ । नौलो प्रकृतीको बच्चा जन्मिएपछि यहाँ विशेषज्ञ चिकत्किसहरु अनुशन्धानमा लागेका छन् ।

    यस्तो किसिमको असामान्य बच्चाहरु बेला बेलामा जन्मिने गरेको भएपनि ठ्याक्कै यस्तै बच्चा भने नदेखिएको भरतपुर अस्पतालका स्त्री तथा प्रसुती विभाग प्रमुख डा। सुनिलमणी पोखरेलले बताउनुभयो । प्रारम्भिक अनुशन्धानका क्रममा चिकित्सकहरुले सो वालकलाई अपाङ्ता भएको भनेका छन् ।

    सामान्यतया वावु आमाको जीनमा परिवर्तन आउँदा असामान्य बच्चाको जन्म हुने गरेको डा। पोखरेलले बताउनुभयो । त्यसैगरी गर्भवती महिलाले प्रयोग गर्ने औषधिका कारण पनि यस्तो समस्या देखिन सक्ने उहाँले बताउनुभयो ।

    बच्चाको शारिरिक वनावट देखिएपछि शरिर भित्रका अंगहरुको बिषयमा जानकारी नभएका कारण तत्कालै केहि भन्न नसक्ने उहाँले बताउनुभयो ।

    ‘तर यस्तो प्रकृतीको बच्चा बाँच्ने गरेका छैनन्’, डा। पोखरेलले भन्नुभयो । अस्पतालको प्रसुती विभागमा लामो समय देखि काम गर्दै आएकी स्वास्थ्यकर्मी पन्चु लामाले अहिले सम्म यस्तो बच्चा नदेखेको बताउनुभयो ।

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: भरतपुर अस्पतालमा जन्मियो ‘एलियन’ जस्तै बच्चा Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top