728x90 AdSpace

  • ताजा ताजा

    जनकपुरमा पुनः पोखरीमा फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला

    २०७२ असार १९ गते 
    जनकपुरमा पुनः पोखरीमा फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । शुक्रबार साँझ जनकपुरको जानकी मन्दिरको उत्तरी छेउमा अवस्थित अंगराजसर पोखरीमा हत्या गरेर फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको हो ।
    पोलिथिनमा राखिएको शिशुको शव पानीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक शिशु छोरा रहेको प्रहरीले जनाएको छ । अवैध सम्बन्धबाट जन्मेको हुन सक्ने शिशुलाई दुई दिन अघि नै कसैले जन्मिने बित्तिकै हत्या गरेर फालेको हुन सक्ने प्रहरीको भनाई छ ।
    शिशु फाल्नेको खोजी कार्य जारी रहेको र शिशुको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । गत साता पनि जनकपुरको पिडारीचोकस्थित गोरधोई पोखरीमा हत्या गरेर फालिएको अवस्थामा छोरा जातको नवजात शिशुको शव फेला परेको थियो ।

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: जनकपुरमा पुनः पोखरीमा फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top