728x90 AdSpace

  • ताजा ताजा

    बोक्सीको आरोपमा कुटपिट प्रहरीको मौन


    विनोद कुमार रविदास
    धनुषा । असार १९ गते ।

    क्षिरेश्वरनाथ नपा–१० इच्छापुर टोलकी ५० वर्षीया शिवो देवी महरालाई छिमेकी ५० वर्षीय कारी चौधरी उनका छोरा २४ वर्षीय प्रलाद चौधरी बुहारी संगिता चौधरी र पत्नी चन्द्रा देवी चौधरी समेत मिलि बोक्सीको आरोपमा ०७२ असार १८ गते कुटपिट गरेका छन् । अरुको खेतमा धान रोपाइ गरि घर फर्किने क्रममा घर अगाडी सडकमा कारी चौधरीको परिवारले छोरी सरिता चौधरीलाई भुत लगाएको भन्दै कुटपिट गरि दिशा घोलेर खुवाउन लागेकाले स्थानीय बासीले प्रहरीलाई खवर गरेका थिए । मजदुरी गरि घर फर्कि रहेकी दलित महिलालाई निर्घात कुटपिट गरि अस्पताल भर्ना गराएका छन् । लात मुक्का र हातले लछारपछार गरि कुटपिट गरिएका महिलाको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ । कारी चौधरीको छोरी सरिता केही वर्ष देखि देउता खेल्दै आएको थियो । सरिताको विवाह सिरहा जिल्लाको जहदी हो । जहदीमा समेत भुत प्रेत खेल्दै आफुलाई माइतकी छिमेकी शिवोले भुत लगाइ पठाएको समाचार कारी चौधरीका परिवारले पाए लगदै मजदुरी गरि घर फर्कि रहेकी महिलालाई निर्घात कुटपिट गरिएकोमा स्थानीयले प्रहरीलाई बोलाएपछि शिवोको ज्यान जोगिएको स्थानीय दुर्गी पंडितले बताइन ।  पीडित पक्ष इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा घटना भए लगतै निवेदन दिएपछि प्रहरीले दुवै पक्षलाई चौकीमा बोलाई पञ्चायती गर्ने पक्ष रहेको पीडित पक्षले बताए । तर पीडित पक्ष मुद्दा दिने पक्ष रहे पनि प्रहरीले आरोपीतहरुलाई अहिले सम्म गिरफ्तार गर्न सकेको छैन् । आज विहान आरोपितहरुलाई खोज्न गएको आरोपितहरु फेला नपरेको इलाका प्रहरी कार्यालयका सइ नेत्र कार्की बताए ।  पीडित पक्षले जाहेरी दिएमा कानुन बमोजिम कारवाहीको प्रकृया अगाडी बढाउन सइ कार्कीले बताए ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: बोक्सीको आरोपमा कुटपिट प्रहरीको मौन Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top