728x90 AdSpace

  • ताजा ताजा

    नयाँ संविधानको प्रारम्भीक मस्यौदा मधेश विरोध रहेको भन्दै जनकपुरबाट नागरिक आन्दोलनको शंखघोष


    अतिश कुमार मिश्र
    जनकपुरधाम, असार २२ । प्रमुख ४ दलको सहमतिमा संविधान सभामा प्रस्तुत भएको नयाँ संविधानको प्रारम्भीक मस्यौदा मधेश विरोध रहेको भन्दै जनकपुरबाट नागरिक आन्दोलनको शंखघोष गरिएको छ । 
    विभिन्न राजनीतिक दलमा आवद्ध तथा स्वतन्त्र युवा नागरिकहरुको साझा मंच मधेश अधिकार संघर्ष समितिले मधेश विरोधी मस्यौदालाई तत्काल सच्याउन मांग गर्दै मंगलवार जनकपुरमा शंख बजाई आन्दोलनको उदघोष गरेका छन । 
    स्थानीय जनकचोकमा भेला भएका युवाहरुले शंख बजाउदै प्रमुख ४ दल विरुद्ध नारावाजी समेत गरेका थिए । उनिहरुले मस्यौदामा रहेका प्रावधानहरु मधेश तथा मधेशीलाई मुलुकको दोश्रो दर्जाको नागरिकबनाउने षडयन्त्र रहेको आरोप समेत लगाएका छन ।
    विगतका आन्दोलनहरुको उपेक्षा गर्दै प्रमुख ४ दलले ल्याएको मस्यौदा आफुहरुले कुनैपनि हालतमा स्वीकार गर्न नसक्ने समितिका संयोजक सरोज मिश्रले जनाएका छन । कार्यक्रम समापनको अवसरमा सम्बोधन गर्दै संयोजक मिश्रले मस्यौदा मधेश आन्दोलनको भावना विपरित आएको भन्दै आफुहरुलेकुनै पनि हालतमा स्वीकार नगर्ने र यसका विरुद्ध मधेशका सबै जिल्लामा संघर्ष समिति गठन गरेर आन्दोलन गर्ने बताए । 
    सरकार तथा संविधान सभाले मस्यौदामा सुधार ल्याउन अविलम्ब पहल नगरे ४८ घण्टा पछि सशक्त आन्दोलनको घोषणा गर्ने चेतावनी समेत मिश्रले दिएका छन ।
    मस्यौदाको मधेशवादी दलहरुले विरोध गरि रहेको अवस्थामा नागरिक समाजको तर्फ बाट समेत सडक आन्दोलनको शुरुवात जनकपुरबाट भएको छ ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: नयाँ संविधानको प्रारम्भीक मस्यौदा मधेश विरोध रहेको भन्दै जनकपुरबाट नागरिक आन्दोलनको शंखघोष Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top