728x90 AdSpace

  • ताजा ताजा

    हाम्रो बारेमा


                                                                    About Us
                                                                        हाम्रो बारेमा 


    संयुक्त अरब इमिरेट्स को दुबई बाट एउटा द्वैमासिक पत्रिका ई.सं.२००७ मा प्रकाशन शुरू गरेको यस कम्पनीमा ई-नेपाली अनलाइन डटकम र नेपाल दुबई डटकम परिवारसमेत समाहित भई " हाम्रो सहयात्रा प्रकाशन प्रा.लि. " को रूपमा एउटा नयाँ प्रकाशन समुहको स्थापना भयो ।यो नेपाली सञ्चार जगत र प्रकाशन बजारमा आफ्नो व्यावसायिक उपस्थिति जनाउने जमर्कोमा जुटिसकेको छ ।

    प्रवासबाट पनि आफ्नो देशको लागि केही राम्रो गर्न सक्नुपर्छ भन्ने जाँगरका साथ यस समुहले नेपाली प्रकाशन क्षेत्रमा आफ्नो उपस्थिति जनाएको छ ।बिगतमा यस प्रकाशनले कवि "ऋषिशेष" को कविता संग्रह कृति "देश-दशा" र गजल संग्रह कृति "मीठो-भूल" प्रकाशमा ल्याइसकेको छ ।

    भविष्यमा यसले संसारभरिका प्रवासी नेपाली लेखक तथा साहित्यकारहरूका सबै किसिमका कृतिहरू प्रकाशन गरि विश्व बजारभरि बजारीकरण गर्ने लक्ष्य राखेको छ ।साथै स्कुल , कलेजका पाठ्यपुस्तक र अन्तर्राष्ट्रिय बजारका अन्य पुस्तकहरूसमेत प्रकाशन तथा बजारीकरण गर्ने योजनासाथ यसको उदय भएको  हो ।

    ई.सं.२००७ देखि २०१५ सम्मको यात्रामा सहयात्रीहरू आ-आफ्नो अन्य व्यवसाय तथा विवशताका कारण हाल यो प्रकाशन एकल स्वामित्व शेष नारायण झा को मा निहित छ ।उपनाम ऋषिशेष भनेर नेपाली साहित्य फाटमा चिन्हिनेलाई यस संस्थाको स्थापना देखि हाल सम्म अनवरत रूपमा साथ, सहयोग, सुझावदिईसहयात्री सम्पुर्ण साथीलाई प्रकाशन समूह धन्यवाद ज्ञापन गर्दछ ।


                                   हाम्रो सहयात्रा प्रकाशन प्रा. लि. का उत्पादनहरू ...! 
                                                                          
                                                                             देशा दशा
                                                     



                                                                            मीठो भूल
                                                    




    • तपाईको प्रतिक्रिया
    Item Reviewed: हाम्रो बारेमा Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top