728x90 AdSpace

  • ताजा ताजा

    यातायात बन्दको कारण अाज दाेश्राे दिन पनि जनकपुरकाे जनजीवन प्रभावित

    जनकपुरधाम । जनकपुर अञ्चल बस व्यवसायि संघले गरेको अनिश्चितकालिन सार्वजनिक यातायात बन्दका कारण आईतबार पनि सार्वजनिक सवारी साधन चलेनन् । शनिबारदेखि गरिएको अनिश्चितकालिन यातायात बन्दका कारण आईताबार पनि जनजीवन प्रभावित भयो । बस व्यवसायिको हड्तालका कारण शनिबार बिहानैदेखि जनकपुरबाट भिट्ठामोड, जटही, बिराटनगर, वीरगंज, भैरहवा, पोखरा, राजबिराज, सिरहा, सिन्धुलीलगायतका ठाउँमा जाने बस चलेका छैनन् ।
    जनकपुर जटही सडकखण्डमा तीन दिन पहिले लागुऔषधी सेवन गरेका चारजना युवाले बसका चालक र सहचालकमाथि कुटपिट गरेको विरोधमा संघले अनिश्चितकालका लागि जनकपुरमा सार्वजनिक यातायात बन्द गरेको हो । संघले घटनाका वास्तविक दोषीहरुलाई कारवाही गर्नुपर्ने र बसका सहचालकमाथि लगाइएको सार्वजनिक अपराधको मुद्दा फिर्ता लिनुपर्ने माग गरेको छ । प्रहरीले घटनामा संलग्न चारजना युवासँगै बसका सहचालकलाई पनि नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाएको छ । सहचालक निर्दोष भएपनि प्रहरीले मुद्दा चलाएका कारण आफूहरु आन्दोलनमा उत्रिनु परेको संघका अध्यक्ष मनोज चौधरीले बताएका छन् । 
    गत बिहिबार जटहीबाट जनकपुर आउँदै गरेको ज १ ख ५०१ नम्बरको बसमा लागुऔषधीको सेवन गरेर चढेका युवाहरुसँग बसका सहचालकले भाडा माँगेपछि विवाद भएको थियो । विवादका क्रममा युवाहरुले बसक चालक शम्भु मिश्र र सहचालक सौजन्य झालाई पिटेका थिए । झाले पनि  युवाहरुलाई पिटेका कारण उनीमाथि सार्वजनिक अपराधको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका चार युवामध्ये दुईजनालाई छाडि सकिएको र दुईजनामाथि लागुऔषध ओसारपोसारको मुद्दा चलाइएको प्रहरी कार्यालयले जनाएको छ ।
    Newer Post
    Previous
    This is the last post.
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: यातायात बन्दको कारण अाज दाेश्राे दिन पनि जनकपुरकाे जनजीवन प्रभावित Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top