728x90 AdSpace

  • ताजा ताजा

    "देश-दशा"


    ऋषिशेष रचित "देश-दशा"
    कविता संग्रहबाट
    शीर्षक : प्रगति-पथ
    नव नृत्य गर, नव कृत्य गर
    नव नभमा नव निर्माण गर ।
    नव धाम पुगी, नव काम गरि
    नव नविनताको सम्मान गर ।।
    भव सागरमा, भव गागरमा
    भवसार संसार, सरल भई तर ।
    भव हारमा, भव प्यारमा
    भव भावनाको उत्थान गर ।।
    प्रात: समय, प्रभाकर उदय
    पवित्र भई हृदयले प्रणाम गर ।
    प्रात: प्रात: सर्वहीत हुनेगरि
    प्रतिदिन एक जनकल्याण गर ।।
    एक तिमीमा लुकेछ अनेक
    आपसमा कहिल्यै न लड ।
    गर देश विकास, जगाई विश्वास
    हर दिन प्रगति-पथमा नै बढ ।।
    -ऋषिशेष
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: "देश-दशा" Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top