728x90 AdSpace

  • ताजा ताजा

    पुरस्कार दिएर जन्‍मदिन


    काठमाडौं: असार माना रोपेर मुरी फलाउने महिना। असार भन्नासाथ सबैलाई रोपाइँको याद आउँछ। यो समयमा मकै खेती हुँदैन। 
    तर हाँस्य व्यंग्य क्षेत्रका 'राता मकै' उपनामले चिनिएका किरण केसी असार १५ गते जन्मेका हुन। 
    उनले मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गरि आफ्नो ५८ औं जन्मदिन धुमधामका साथ मनाएका छन।
    हाँस्य कलाकारहरु एकै ठाउँ देख्दा यसै पनि वातावरण रमाइलो थियो। त्यसमाथि कार्यक्रमको उद्‌घाटन नै मरि मरि हाँसेर गरियो। 
    किरणले जन्मदिनको अवसरमा केहि वर्षदेखि कलाकारलाई सम्मान गर्दै आएका छन। 
    यसवर्ष व्यंग्य चित्रकार दुर्गा बराल र हाँस्य कलाकार आनन्द थापालाई जनही १० हजार रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरियो।
    कार्यक्रममा हास्यथेरापीले पनि दर्शकलाई चुप राख्न सकेन। हलभित्र छिर्दा देखिएका गम्भिर अनुहार पनि पछि हाँसिरहेको देखियो। 
    मंचमा बसेका कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, मनोज गजुरेल र गायिका कोमल वलीको हाँंसो हेर्दै दर्शक दिर्घामा बस्ने झनै मज्जाले हाँसे।
    कार्यक्रमस्थल झन रमाइलो भयो जतिबेला अभिनेत्री दीपा श्री निरौला र उनका साथीले मेवा, भुइँकटहर, उखु, केरालगायतका फलफूल उपहारस्वरुप किरणलाई दिए। 
    किरणले आफ्ना आमाबावुलाई सम्झँदै भने ‘आइ लभ यू माइ ड्याड एन्ड मम, जति पटक पृथ्वीमा जन्म हुन्छ तिम्रै कोखबाट जन्मन पाउँ आमा।' 
    जन्मदिनको भोजमा दहि चिउरा राखिएको थियो।
     घरमा दहि चिउरा खान विर्सेर विहानै हिँडेका कलाकार शिवहरी पौडेललाई केहि वर्ष यता घरमा खान छुटेको दहि चिउराको चिन्ता हुँदैन। 
    'केहि वर्षदेखि असार पन्ध्रमा किरणले दहि चिउरा खुवाउँदै आएका छन्। घरमा खान विर्से पनि चिन्ता छैन, उनले भने।
    कार्यक्रममा स्वास्थ्य र शिक्षामा हाँस्य व्यंग्य विषयमा अन्तक्र्रिया पनि गरिएको थियो। 
    हाँस्य व्यंग्य अरुलाई उडाउने काम मात्र होइन, यो विधाले समाजका विकृति विसंगति चिर्ने काम गर्ने किरणले तर्क गरे।

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: पुरस्कार दिएर जन्‍मदिन Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top