728x90 AdSpace

  • ताजा ताजा

    मुम्बइ-पुनामा नेपाली समुदाय भेला


    पुना, असार २७ - महाराष्ट्र राज्यका मुम्बइ र पुनामा आयोजित भेलामा नेपाली समाजका पदाधिकारीले नेपालमा जारी संविधान लेखन प्रकृया, प्रवासी नेपालीको हक-अधिकार र भारतमा बेहोरिरहेको रोजगारी असुरक्षाबारे आवाज उठाएका छन् ।
    महाराष्ट्रको पुना, पिम्परीमा आयोजित नेपाली समाजको भेलामा सहभागीले भारतमा बस्ने नेपालीको हक-अधिकार र सेवा-सुरक्षाबारे कसैले पनि चासो नराखेकोमा गुनासो व्यक्त गरेका थिए । राजदूत दीपकुमार उपाध्यायको सम्मानमा आयोजित भेलामा सहभागीले भारतबाट नेपाल फोन गर्दा लाग्ने चर्को महशुल, नेपाली बिद्यार्थीलाई भारतमा पढ्न लिइने अतिरिक्त शुल्क र रोजगारीमा रहेका नेपालीले बेहोरेको असुरक्षाका बारेमा चासो उठाएका थिए ।
    नेपाली जनसम्पर्क समितिका महेन्द्र शर्मा भुसाल, बिराज श्रेष्ठसहितका पदाधिकारीले आयोजना गरेको भेलामा कोलकातास्थित महाबाणिज्यदूत चन्द्र घिमिरे, नेपाली दुतावासका इकोनमिक मिनिष्टर ढुंढीराज पोखरेल, काउन्सेलर, तीर्थराज वाग्ले, भवराज जोशी, नेपाली श्रमिक मजदुर युनियनका अध्यक्ष मास्टर थापा, नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी निर्देशक धरणीधर खतिवडालगायत सहभागी थिए ।
    यसैगरी, मुम्बइमा जनसम्पर्क समितिले आयोजना गरेको नेपाली भेलामा पनि राजदूत उपाध्यायले सहभागिता जनाए । भेलामा उपस्थित अधिकांस सहभागीले भारतमा रहेका नेपालीको समस्या र चासोभन्दा बढी नेपालमा चलिरहेको राजनीतिक द्धन्द्ध तथा संविधान लेखनको प्रकृयाबारेमा चासो उठाएका थिए । सहभागीले मुम्बइमा नेपाली महाबाणिज्य दुतावास खोल्नका लागि तत्काल पहल गर्न राजदूतसमक्ष आग्रह गरेका थिए ।
     "यहाा बसेपछि नेपालको राजनीतिभन्दा बढी यहींको मुद्धा र श्रमिक समस्याका बारेमा बहस चलाउनु उपयुक्त हुन्छ",भेलामा उठेका बिषयमा सम्बोधन गर्दै राजदूत उपाध्यायले भने-"भारतमा रहेका नेपालीको संख्या र स्थिती पहिल्याउन हामीले रेकर्ड-पद्धती थाल्न सबै राज्य सरकारसाग आग्रह गरिरहेका छौं । फेरि हामीले नेपालीभाषी हैसियतमा रहेका भारतीय नेपालीको हक-अधिकारका बारेमा चासो राख्न नमिल्ने भएकाले आफ्ना समस्या लिएर आफ्नै सरकारसमक्ष आग्रह गर्नु उपयुक्त हुनेछ ।" मुम्बइमा मात्रै बिभिन्न नेपाली राजनीतिक र सामाजिक अभिप्रायका ५० भन्दा बढी संस्था रहेका छन् ।  
    संयुक्त नेपाली महासंघका अध्यक्ष शालीग्राम तिवारीले मुम्बइको भिवन्डीमा आगजनीमा परेर मरेका नेपालीले अझै क्षतीपुर्ती नपाउनुमा दिल्लीस्थित नेपाली दुतावासको गल्ती रहेको बताएका थिए । अखिल भारत नेपाली एकता मञ्चका शिवप्रसाद महतले भारतमा नेपालीले पहिचान पत्र पाउन नसकेको र बैंक खाता खोल्नमा रहेको कठीनाइबारे ध्यानाकर्षण गराएका थिए । मुम्बइस्थित झङ्कार अर्केष्ट्रा निर्देशक मदन परियारले भारत प्रवासमा रहेर नेपालको राजनीतिमाथि अनावश्यक बहस र विवाद गर्नुभन्दा सबै प्रवासी नेपालीले आफ्ना समस्या र हक-अधिकारमा केन्दि्रत हुनु महत्पूर्ण भनी सुझाएका थिए ।     
    मुम्बइ भेलामा जनसम्पर्क समितिका रुपेश कुावर, हर्कबहादुर साउद, गोबिन्द थापा तथा अखिल भारत प्रवासी नेपाली संघका ओम डल्लाकोटी, नेपाल सांस्कृतिक परिषदका चेतमान बोगटी, नयाा शक्ति नेपालका नरेन्द्र ओली, दैलेखी एकता समाजका दिलीप आचार्य, दलित संघका पहलसिंह ओड, मूलप्रवाह एकता मञ्चका इन्द्र भेटवाल, नेपाली समाज कल्याण संघका राजेन्द्र ठरारीले पनि मन्तव्य राखेका थिए । यसैगरी, अन्र्तराष्ट्रिय नेपाली विश्वकर्मा समाजका आइबी सिंह, प्रवासी नेपाली संघका डम्बर रावल, संघका थानेश्वर भट्टराईले समेत नेपालीका समस्याबारेमा आवाज उठाएका थिए ।

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: मुम्बइ-पुनामा नेपाली समुदाय भेला Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top