728x90 AdSpace

  • ताजा ताजा

    गाविस सचिवकोमा चल्दैन नेताको सोर्सफोर्स

    राजकरण महतो,
    बर्दिवास, महोत्तरी
    नेताहरुकै भरमा गाउँदेखि  केन्द्र हाक्ने काम हुन्छ । नेता ठूलो होस या सनो तर सबैको आफ्नो पोष्ठ अनुसारको सोर्स फोर्स चल्छ । तर महोत्तरीको विजलपुराका गाविस भनुभक्त ढुंगानाको अगाडी कुनै पनि नेताको सोर्सफोर्स चल्दैन । सुन्दा अच्चम लाग्छ तर कुरो सत्य हो ।
     प्रसंग हो खुल्ला दिसा मुक्त अभियानको । विजलपुरालाई खुल्ला दिशा मुक्त अभियानलाई सफल पार्न चर्पि नबनाएकाहरुलाई गाविसबाट दिदै आएको सबै सेवा सुविधा एक महिनादेखि पूर्ण रुपमा बन्द गरेको छ । मंगलबारदेखि गाविस कार्यालयले जेष्ठ नागरिकहरुको घरघरमा पुगेर जेष्ठ नागरिक वृद्ध भता बाढिरहेको छ । जस्को घरमा चार्पि छैन त्यसलाई वृद्ध भता पनि गाविसको कार्यालय बिजलपुराले रोकेको छ ।
    जनताका अगाडी नेताहरु गाविसबाट प्रदान गरिने सेवा सुविधाका गाविस सचिव ढुंगनालाई फोन गर्दा  गाविस सचिवले नाई कहिले भन्दैन्न । हुन्छ भन्छन् । पठाई दिनुस्  भनेर भन्छ । तर सेवा ग्राहि सेवा लिन गाविसको कार्यालयमा पुग्दा गाविस कार्यालयले चर्पि बनाएको सरसफाई कार्ड खोज्छ । तर सेवा ग्रहीहरुसंग सरसफाई कार्ड नहुदाँ नेताहरुको भनसुन पनि चल्दैन गाविस सचिव भानुक्त ढुंगना काहाँ ।
    गएको जेष्ठ १५ गतेदेखि चर्पि नबनाउनेहरुलाई गाविसबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द नगरे सम्म चर्पि बनाउने अभियान सफल नहुने स्थानीय राजनीतिक , वर्डा नागरिक मञ्चका प्रतिनीधिहरुले संयुक्त रुपमा निष्कर्ष निकालेका थिए । त्यसैकारण बिजलपुरा गाविसमा अहिले कुनै नेताको सोर्सफोर्स नचलेको गाविस सचिव भानुभक्त ढुंगनाले बताए ।
    कागजमा लिखित हस्तक्षर गरेपछि स्थानीय नेताहरुपनि सो नियम कानुन भित्र अहिले परेपछि विजलपुरामा खुल्ला दिशामुक्त अभियान युद्धस्तरमा चलिरहेको छ । सबैको सामु विजलपुराका कतिपय नेताहरुले लिखित गरेपनि उनीहरुले अहिले सम्म चर्पि बनाएका छैन्न । नेताहरुले व्यक्तिगत काम काजको लागि पनि बिजलपुरा गाविसको कार्यालयमा पुग्ने गरेका छन् । पहिलो आफ्नो त के अरुको काम काजका लागि नेताहरुले पैरवी गर्थे । तर अब आफ्नै काम काजको लागि नेताहरु गाविस सचिव काहाँ दिनहुँ धाउने गरेको देखिन्छ ।
    अभियान सफल बनाउन गाविस स्तरीय खानेपानी सरसफाई स्वच्छता समन्वय समितिले नियम कानुन बनाएर एउटै गाँठोमा सबैलाई कसेपछि बिजलपुरामा खुल्ला दिसामुक्त अभियानले गति लिएको समाजिक परिचालिका सावित्रि कुमारी ग्याबकले बताइन । यसको सहजिककरण रतौली युवा क्लव जलेश्वर गरिरहेका छ ।

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: गाविस सचिवकोमा चल्दैन नेताको सोर्सफोर्स Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top