728x90 AdSpace

  • ताजा ताजा

    बनेपा–सिन्धुली–बर्दिवास बिपी राजमार्गको नेपाललाई हस्तान्तरण


    २०७२ असार १८ गते
    जापान सरकारको अनुदानमा निर्माण भएको बनेपा–सिन्धुली–बर्दिवास बिपी राजमार्गको आज नेपाललाई हस्तान्तरण गरिएको छ । धुलिखेलमा एक कार्यक्रममा गरी बनेपा–सिन्धुली–बर्दिवास बिपी राजमार्गको आज नेपाललाई हस्तान्तरण गरिएको हो ।
     
    भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले बनेपा–सिन्धुली–बर्दिवास सडकमा कस्तो सवारीसाधन सञ्चालन गर्ने विषयमा प्राविधिक परिक्षण हुने जानकारी दिँदै सडकलाई व्यावसायिक बनाएर ठूला सवारीसाधन सञ्चालन भए सडक छिट्टै क्षतिग्रस्त हुन सक्छ भने ।
     
    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले थानकोट–नागढुङ्गा सडकखण्डको सम्भाव्यता अध्ययन पूरा भएको उल्लेख गर्दै भक्तपुरदेखि धुलिखेलसम्म छ लेनको सडक नापजाँच कार्य भइरहेको बताए ।
     
    विसं २०५३ देखि सडकको निर्माण कार्य सुरु भएको २० वर्षको अवधिमा सडक निर्माणकार्य सम्पन्न भएको हो । कुल १६० किलोमिटर लम्बाइमा निर्माण भएको उक्त सडकमा २६ अर्ब जापानी येन लगानी भएको छ ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: बनेपा–सिन्धुली–बर्दिवास बिपी राजमार्गको नेपाललाई हस्तान्तरण Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top