728x90 AdSpace

  • ताजा ताजा

    अत्यन्त कडा सुरक्षा व्यवस्थाको बावजुद पनि यूवाहरुले प्रधानमन्त्री लाई देखायो कालो झण्डा(फोटो फिचर)





    किरण कर्ण

    जनकपुरधाम ३० असार ।
    अत्यन्त कडा सुरक्षा व्यवस्थाको बावजुद पनि यूवाहरुले प्रधानमन्त्री सुशील कोइरालालाई कालो झण्डा देखाएका छन् ।
    जनकपुर स्थित एक क्लबको कार्यक्रममा आएका प्रधानमन्त्री सुशील कोइरालालाई जानकी मन्दिर दर्शन गरेर पर्खिने क्रममा मधेश अधिकार संघर्ष समितिले अत्यन्त कडा सुरक्षाका वीच कालो झण्डा प्रदर्शन गरेका छन् । 
    मासका सदस्य संजय ठाकुर र सुशील कर्णको अगुवाईमा दर्जनौँ यूवाहरुले कालो झण्डा प्रदर्शन गरेको हो । मासको पूर्व निर्धारित कार्यक्रम तय भएको स्थानीय प्रहरी तथा प्रशासनले थाहा पाएलगत्तै देखि जनकपुरको विमान स्थल देखि क्याम्पस चोक, विद्यापति चोक, राम चोक, जनक चोक, रामानन्द चोक र जानकी चोक तथा जानकी मन्दिरको वरिपरि अति नै कडा र अघोषित कर्फयू झैँ सशस्त्र प्रहरी र जनपथ तथा नेपाली सेनाको समेत अप्रत्यक्ष संलग्नतामा यूवाहरुमाथि निगरानी बढाइएको छ । हाल राम चोक स्थित हुने कार्यक्रम स्थल वरिपरि अत्यन्तै कडा सुरक्षा व्यवस्था गरिएको छ । विगत देखि नै मधेशसंग विभेद र असमान व्यहार तथा शोषण यस खस तथा पहाडीया अंहकारवादी शासकले गर्दै आएको हुनाले चरणबद्ध गर्दै आएको मासका संयोजक सरोज मिश्रले बताए ।
    ४ दलद्वारा जारी गरिएको संविधानको प्रारम्भिक मस्यौदामा मधेश प्रति विभेद गरेको, संघीयता, सिमांकन, नामांकन, नागरिकताको मुद्दा, मधेशको अधिकार, पहिचान, संघीयता सहितको आत्मनिर्णयको अधिकार, पूर्ण समानुपातिक र समानताको लागि विगत केहि महिना देखि निरन्तररुपमा चरणबद्धरुपमा आन्दोलित हुदँै आएका छन् 




















    • तपाईको प्रतिक्रिया
    Item Reviewed: अत्यन्त कडा सुरक्षा व्यवस्थाको बावजुद पनि यूवाहरुले प्रधानमन्त्री लाई देखायो कालो झण्डा(फोटो फिचर) Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top