728x90 AdSpace

  • ताजा ताजा

    दाँत उखेल्ने क्रममा डाक्टरको लापरवाहीका कारण एक युवकको मृत्यु


    जनकपुर, साउन ११ – जनकपुरमा डाक्टरको लापरवाहीले दाँत निकाल्दा एक युवकको ज्यान गएको छ । दाँत निकालेपछि अत्याधिक रक्तश्राव हुँदा धनुषा तारापट्टी सिरसियाका अशोककुमार साहको ज्यान गएको हो ।
    रामानन्दचोकको सीता डेन्टलमा डाक्टरले अशोकको दुखेको दाँत निकालेका थिए । रक्तश्राव नरोकिएपछि अशोकलाई उपचारका लागि धरान तथा सिलीगुडीको अस्पतालमा लगिएको थियो । सिलीगुडीमा उपचाररत साहको आइतबार राति ज्यान गएको हो ।
    दाँत निकाल्न संलग्न चिकित्सकद्वय विजय प्रताप साह र प्रह्लाद राउतलाई झापा प्रहरीले पक्राउ गरेको छ ।  दाँत उखेल्ने क्रममा रक्तश्राव भएपछि साहलाई उपचार गराउन चिकित्सक द्वय साह र राउत समेतसँगै गएका थिए । सिलीगुडीमा पनि उपचार सम्भवन नभएपनि उनीहरु भागेकाले उनीहरुलाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: दाँत उखेल्ने क्रममा डाक्टरको लापरवाहीका कारण एक युवकको मृत्यु Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top