728x90 AdSpace

  • ताजा ताजा

    जनकपुरमा एम्बुलेन्स चालकहरुको गोरख धन्दा , कमिसनको लागि विरामीलाई ठग्न खोज्ने एम्बुलेन्ससहित चालक प्रहरीको फन्दामा


    शैलेन्द्र महतो , जेठ २८ गते ।
    जनकपुरमा सञ्चालित केहि एम्बुलेन्सका चालकहरुले गोरखधन्दा गर्ने गरेको
    रहस्य खुलेको छ । एम्बुलेन्सचालकहरुले कमिसनको भरमा विरामीहरुलाई आफू
    ईच्छा अनुकुलको क्लिनिक ,नरसिंगहोम र होस्पिटलहरुमा पर्याएर ठग्ने गरेको
    खुलासा भएको हो ।

    बुधबार अकास्मिक उपचारको लगि एम्बुलेन्समा जनकपुर अञ्चल अस्पताल गएका एक
    जना विरामीलाई चालकले कमिसनको लागि अन्यत्रै एक होस्पिटलमा पुर्याएपछि
    यस्तो रहस्य खुलेको छ । बुधबार विहान महोत्तरी हरिमरीका राजेन्द्र प्रसाद
    गुप्तालाई अकसमात मुखबाट रगत आएपछि जनकपुरमा सञ्चालित बा.१ भm ७००
    नम्बरको एम्बुलेन्समा बोलाएर जनकपुरअञ्चल अस्पताल पुर्याउन भनेका थिए ।
    तर सो एम्बुलेन्सका चालक रामचन्द्र साहले विरामीलाई जनकपुरको
    विवाहमण्डपको पछाडीमा सञ्चालित रामजानकी नरसिंह होममा पुर्याएका थिए । ।
    त्यसपछि विरामी गुप्ताका आफन्तले चाँडो अञ्चल अस्पतालमा पुर्याउन भनेपछि
    चालक साहले ‘ यो एम्बुलेन्स यसै नर्सिंग होमको हो म अरु ठाउँमा जान्न ‘
    जवाफ दिएपछि विरामीका आफन्त सन्तोष गुप्ताले जानकी प्रहरीचौकीमा खबर गरी
    प्रहरी बोलाएर विरामीलाई अञ्चल अस्पताल पुर्उन लगाएका थिए । त्यहाँबाट
    गोरखधन्दा ती एम्बुलेन्ससहित चालक साहलाई प्रहरीले पक्राउ गरी जिल्ला
    प्रहरी कार्यालय धनुषामा रखेको जनाईएको छ ।

    जनकपुरमा कमिसनको खेलमा एम्बुलेन्स चालक र विचौलियाहरुको विगविगीले दैनिक
    उपचार गराउन आउने साँयौ सर्वसाधारणहरु ठगिने गरेका छन् । जनकपुरमा
    पछिल्लो समय डाक्टर, क्लिनिक, होस्पिटल र नर्सिंगहोमहरुले कमिसनमा
    विचौलियाहरु राखेर आ आफ्नो तिर विरामी तानेर ल्याई ठग्ने गरेको गुणासो
    सर्वसाधारणहरुको छ ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: जनकपुरमा एम्बुलेन्स चालकहरुको गोरख धन्दा , कमिसनको लागि विरामीलाई ठग्न खोज्ने एम्बुलेन्ससहित चालक प्रहरीको फन्दामा Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top