728x90 AdSpace

  • ताजा ताजा

    मात्रिका यादवको प्रश्न-मधेस नेपालको, मधेसी चाहिँ इण्डियन ?


    ७ साउन, काठमाडौं । नेकपा ९माओवादी०का संयोजक मातृका यादवले राष्ट्रियताको नाममा मधेस र मधेसी जनतालाई हेर्ने दृष्टिकोण नै गलत भएको टिप्पणी गरेका छन् । गोर्खाली राष्ट्रियताको हैकम भएकाले नेपाली कम्युनिष्ट आन्दोलन पछि परेको उनले बताए ।
    mबतचष्पब थबमबख
    ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विहीबार ३३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजना गरेको बिचार गोष्ठीमा यादवले आफूलाई नेपाल कम्युनिष्ट पार्टीको नेता भन्नेहरुमा एक प्रतिशत पनि कम्युनिष्ट चरित्र नभएको बताए ।
    ‘हामी जिन्दावाद भनेपछि जिन्दावाद र मूर्दावाद भनेपछि मूर्दावाद भन्छौं । आफ्नो चिन्तन मनन् त छँदैछैन’ यादवले भने(‘हामी मधेसी भन्नेबित्तिकै इण्डियन हो भनेर सोंच्छौं । मधेस नेपालको हुने, मधेसी चाहिँ इण्डियन हुने रु’
    यादवले गोर्खालीहरुलाई मात्रै सच्चा राष्ट्रवादी ठान्ने पुरानो सोंचाइ परिवर्तन हुनुपर्ने धारणा राखे ।
    एमाले, एमाओवादी लगायत सबै पार्टीहरु भ्रष्ट कर्मचारी र तस्कर(व्यापारीको चन्दाको भरमा चलेको भन्दै उनले ती पार्टीहरुलाई कम्युनिष्ट मान्नै नसकिने बताए ।उनले भने(‘कम्युनिष्टहरु सत्तालाई उपयोग गर्दै नयाँ जनवादी क्रान्ति सफल पार्न तिर लाग्नु पर्ने हो । तर, हामी आफ्नै गोजी भर्नतिर लाग्यौं । कसरी हुन्छ कमाउन तिर लाग्यौं । कसरी हुन्छ सत्ताको खेलमा लाग्नेलाई कसरी कम्युनिष्ट भन्ने रु’
    उनले नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य समस्या नै नेताहरुको रुपान्तरण भएको बताए ।  मार्क्स, एङगेल्स र लेनिन सर्बहारा परिवारको नभए पनि उनीहरुले आफूलाई सर्बहारामा रुपान्तरण गर्दै लगेको भन्दै यादवले नेपालका कम्युनिष्ट नेताहरुले पनि आफूलाई रुपान्तरण गर्दै जानसक्नुपर्नेमा जोड दिए ।
    माओवादी संयोजक मातृका यादवले नेपालको कम्युनिष्ट आन्दोलन बिघटनको दिशातर्फ गैरहेको बताए । नेपालका सबै कम्युनिष्ट पार्टीबीच कम्तिमा कार्यगत एकता गरेर कम्युनिष्ट आन्दोलनलाई ट्रयाकमा ल्याउनुपर्ने बताए ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: मात्रिका यादवको प्रश्न-मधेस नेपालको, मधेसी चाहिँ इण्डियन ? Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top