728x90 AdSpace

  • ताजा ताजा

    खाडीका नेपालीको सपना : शहरमा घर होस्, गाउँमा कृषि उद्यम !

                                     घर र घडेरीका लागि विदेशमा परिश्रम गर्न बाध्य छन् नेपाली 
    विदेशमा श्रम गरिरहेका नेपालीका सपनाहरू के होलान् रु हामीले यो बुझ्ने प्रयास गरेका छौं । रेमिट्यान्सले देशको अर्थतन्त्रको उल्लेख्य हिस्सा धानेको छ । दैनिक करोडौं रुपैयाँ रेमिट्यान्सका रुपमा नेपाल भित्रिन्छ । मलेसिया र खाडीबाट भित्रिने रेमिट्यान्सलाई सम्बन्धित व्यक्तिहरुले चाहिँ के कसरी सदुपयोग गरिरहेका छन् रु त्यो रेमिट्यान्स उत्पादनमूलक काममा खर्चिरहेका छन् कि छैनन् रु हाल यूएईमा रहेका श्रमिकहरुसँग अनलाइनखबरका लागि गरिएको कुराकानी
    तरकारी खेती र कुखुरापालन गर्ने योजना छ
    तरकारी खेती र कुखुरापालन गर्ने योजना छ
    (श्रीराम श्रेष्ठ धरान, ९हाल हमिम, यूएई०


    (श्रीराम श्रेष्ठ धरान, ९हाल हमिम, यूएई०
    विदेश त्यसमा पनि खाडीको कमाइले के काम गर्न सकिएला र रु एक त हाम्रो खाडीमा काम गर्ने धेरै नेपालीहरुको कमाइ अति कम छ ।
    त्यसमा पनि सामूहिक रुपमा लगानी गर्ने वातावरण बनिसकेको
    छैन । उत्पादनमूलक क्षेत्रमा खाडीको कमाइ नेपालमा लगानी गर्ने वातावरण भएका त्यसले देशको तथा लगानीकर्ताको आर्थिक स्थिति राम्रो हुन्थ्यो होला ।
    सानै आकारमा भए पनि तरकारी खेती र कुखुरापालन गर्ने मेरो योजना चाहिँ छ । तर, अहिलेसम्म घरको रिन तिर्दै ठिक्क छ । किनकि म अबुधाबीमा सेक्युरिटी अफिसरका रुपमा काम गर्छु । मैले यो काम पाउन धेरै समय र पैसा लगानी गरेको छु ।
    यूएई आउन नेपाल सरकारले तोकेको दरभन्दा बढी तीन लाख तीस हजार मेनपावरलाई बुझाएको छु । यहाँ आएर पनि लाइसेन्स लिन तीन महिना कुनुपर्यो । अहिले कमाइ हुन थालेको छ अलिअलि ।

     सहरमा घर बनाएँ, व्यापार गर्ने विचार छ
    (विवेक दुलाल क्षेत्री ,दमक ९हाल स् मुसाफा, यूएई )
                                                     
                           म एउटा किसानको छोरो भएकाले त्यत्रा ठूला सपनाहरु पालेको छैन । तर, पनि अरु सबै मानिस जस्तै केही न केही स्वाभाविक रहरहरु छन् मेरा पनि । केही सपनाहरु छन्, जो पूरा भएका छैनन्, केही पूरा भए । यहाँको कमाइले छोराछोरीलाई अङ्ग्रेजी माध्यमको विद्यालयमा पढाउँदैछु । विदेशको कमाइले केही परिवर्तन त जरुर भएका छन् खाडीमा आएर पनि । हिजो म गाउँमा थिएँ तर, आज मेरो परिवार सहरमा छ । हिजो सुरुका दिनमा डेरामा राखेको थिएँ, परिवारलाई । आज उनीहरु पूर्वको सानै भए पनि सहरको आफनै घरमा रहेका छन् ।
    परदेश बसाइ पनि लामै भयो । देशमा संविधान बनिनेरनबनिने टुङ्गो छैन । देश अझै तरल र अस्थिर स्थितिमा गुज्रदैछ । नेपाल गएर केही गर्ने रहर छ व्यापारको क्षेत्रमा । आफ्नै देशमा गएर खेती नै भए नि नयाँ तरिकाले गर्ने हो । कोरा तडक भडक हाम्रो सत्व होइन । गाउँमा पनि केही जमिन छ, त्यही पनि केही गर्छु ।
    आज अधिकांश युवाहरु बाहिरिएको अवस्था छ । यस्ले देशलाई रेमिट्यान्सको क्षेत्रमा टेवा अवश्य दिएको छ तर सधैं बाहिरिनु राम्रो होइन । उन्नत र प्राविधिक शिक्षा हुनुपर्यो । देशमा श्रम खर्चिनु पर्यो ।
    विदेशको कमाइलाई म अलि फरक क्षेत्रमा लगाउने विचारमा छु । आफू साहित्यको पाठक भएकाले पुस्तक पढ्ने र किताब लेख्ने त सौख छ । तर, त्यसका साथै स्व। मातापिता पवित्रा दुलाल र श्रीकृष्ण दुलालका नाममा एक परोपकारी ट्रस्ट खडा गरी पुरस्कार स्थापना गर्ने सोचमा छु । त्यसो त आफ्नै पुस्तक पनि छिट्टै निकाल्दैछु ।

    विदेशको कमाइले म सेयर मार्केटमा लगानी गरिरहेको छु
    (रोशन संग्रौला, झापा ९हाल दुबई )
                             
                                             म यूएई आएको तीन वर्ष भयो । म दुबई डिउटी फ्रिमा काम गर्छु । त्यसका अलवा अन्य साइड जब पनि गर्छु । यहाँको कमाइलाई मैले अलिक फरक क्षेत्रमा लगानी गरेको छु । म नेपाली सेयर मार्केटलाई गहिरो तरिकाले यहीँबाट अध्ययन गरिरहरेको हुन्छु । सेयरको उतार चढावमा मेरो ध्यान केन्द्रित गरेको छु । विदेशको कमाइले म सेयर मार्केटमा लगानी गरिरहेको छु ।
    भाइका नाममा केही कृषि विकास बैंक लगायत अन्य वाणिज्य बैंक, हाइड्रोपावर र टेलिकमको सेयर खरिद गरेको छु । चिलिमे हाइड्रोपावरको पनि केही हिस्सा सेयर लिएको छु । सेयरको भाउ बढेको खण्डमा बेच्ने पनि गरेको छु । गहिरो रिसर्च गरेर काम गरेका कारण अहिलेसम्म घाटा भएको छैन । आफू विदेशमा भए पनि भाइको नाममा सेयर खरिद गरेका कारण बेच्च पनि समस्या छैन ।
    साथै, नेपाल र चीनमा ट्राभल एन्ड टुर्सका लागि प्रोसेस गरिरहेको छु । फिजिबिलिटी स्टडीका लागि एक वर्षको विदेशको कमाइ त्यसैमा खर्च भइरहेको छ । त्यस्तै यहाँको कमाइ जमिन खरिदमा पनि लगानी गरेको छु ।


    • तपाईको प्रतिक्रिया
    Item Reviewed: खाडीका नेपालीको सपना : शहरमा घर होस्, गाउँमा कृषि उद्यम ! Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top