728x90 AdSpace

  • ताजा ताजा

    मलेसियामा नेपालीे युवाको मृत्यु, एक हप्तापछि मात्रै थाहा पाए परिवारले



    रौतहट, २८ असार–धन कमाउने सपना बोकेर मलेसिया गएका चन्द्रपुर नगरपालिका–१३ बालचनपुरका एक युवकको मृत्यु भएको छ ।
    रोजगारीको सिलसिलामा मलेसियामा रहेका २२ वर्षीय जयमंगल राउतको गत मंगलबार मृत्यु भएको थियो । परिवारका सदस्यले उनको मृत्यु भएको खबर सोमबार मात्रै थाहा पाएका हुन् ।
    विदेशमा रहेको छोरो ज्वरोबाट बिरामी भएको जानकारी आए पनि अन्त्यमा मृत्यु भएको खबर आएको बाबु रामअयोध्या राउतले बताए। घर घडेरी धितो राखेर पठाएको छोरोले ऋण पनि नतिरी मृत्युको खबर सुन्दा घरपरिवारमा बज्रपात भएको छ ।
    तीन वर्षअघि रु एक लाख ५० हजार तिरेर जयमंगल मलेसिया गएका थिए ।
    उनको शव नेपाल ल्याउन परिवारजनले सम्बन्धित निकायसँग अनुरोध गरेका छन् । रासस

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: मलेसियामा नेपालीे युवाको मृत्यु, एक हप्तापछि मात्रै थाहा पाए परिवारले Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top