728x90 AdSpace

  • ताजा ताजा

    एनआरएनए जर्मनीमा हरेन्द्र वनेम चुनिए


    जर्मनी । गैरआवासीय  नेपाली संघ९एनआरएनए० जर्मनीको साधारण भेलाले हरेन्द्र वनेमलार्इ अध्यक्षमा चुनेको छ । एनआरएनएका केन्द्रिय सल्लाह्कार समितिका सदस्य तथा एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिलबहादुर गुरुङ तथा  एनआरएनएका युरोपियन सह(संयोजक सोम सापकोटाको विशेष उपस्थितिमा भएको भेलाले बनेमलार्इ अध्यक्ष चुनेको हो ।
    जर्मनीको प्रमुख शहर ह्याम्बुर्गमा भएको भेलामा एनआरएनए आइसीसी सदस्य दावा शेर्पा, निवर्तमान आइसीसी सदस्य सन्तोष भट्ट्राराई, एनआरएनए जर्मनीका प्रमुख संरक्षक  पुष्प थापा, बिशेष संरक्षक बिजय मोक्तान, संरक्षक रण बहादुर बि०क०, अन्तराष्ट्रिय कलाकार समाज जर्मनी बाट शिखर खड्का, अन्तराष्ट्रिय कलाकार मन्च जर्मनीका अद्यक्ष बेल गुरुङ, जन संपर्क समितीको तर्फबाट महमन्त्री टन्क लम्साल, लगायतको उपस्थिति थियो ।
    विश्वका बिभिन्न देशहरुमा गैरआवासीय  नेपाली संघ९एनआरएनए० का नेसनल कोर्डिनेसन कमिटी ९एनसीसी० हरुको सम्मेलन चलिरहेको छ।
    एनआरएनए जर्मनीका महासचिव हरी न्यौपानेले कार्यक्रम  संचालन गरेको कार्यक्रममा एनआरएनए जर्मनीका अर्का  महासचिव प्रेम पोमुले टिप्पणीहरुको टिपोट गरेका थिए ।
    कार्यक्रमका अन्य बक्ताहरुमा आइसीसी सदस्य दावा शेर्पा, निवर्तमान आइसीसी सदस्य सन्तोष भट्टराई, प्रमुख सँरक्षक पुष्प थापा, बिशिश्ठ  सँरक्षक बिजय मोक्तान, बिभिन्न संघ संस्थाहरुको तर्फबाट मिलन केन्द्र ह्याम्बुर्गका मानबलाल श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: एनआरएनए जर्मनीमा हरेन्द्र वनेम चुनिए Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top