728x90 AdSpace

  • ताजा ताजा

    भोका टुहुरा जनता नमरे नि हुन्थ्यो देश नै भाँडिने कुरा नगरे नि हुन्थ्यो


    ऋषिशेष रचित "मीठो भूल" गजल संग्रहबाट
    गजल
    भोका टुहुरा जनता नमरे नि हुन्थ्यो
    देश नै भाँडिने कुरा नगरे नि हुन्थ्यो
    छुवाछुत ऊँचनीच मधेशी र पहाडी
    भेदभाव रूपी रोग नसरे नि हुन्थ्यो
    देशको विकास गर्न चुहाएर पसिना
    भाइभाइ आपसमा नलडे नि हुन्थ्यो
    चन्द्र सूर्य फर्फराउने शिखरको माथमा
    छिमेकीको तेस्रो आँखा नपरे नि हुन्थ्यो
    झुमेर झुम्दै बाली गरा खेत फाँटमा
    बर्षायाममा असिना नझरे नि हुन्थ्यो
    ..ऋषिशेष
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: भोका टुहुरा जनता नमरे नि हुन्थ्यो देश नै भाँडिने कुरा नगरे नि हुन्थ्यो Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top