728x90 AdSpace

  • ताजा ताजा

     देशगीत
    कब हामी रम्ने होला दाल रोटी मा
    किन अल्झिए होला धोती टोपी मा
    नेपालीलाई खाँचो छ असल आईना को
    मःमः चाउमिन बाहेक के नै र चाईना को
    नुन देखि सुन सम्मन् ल्याएर भारत को
    गाली जत्ति उसैलाइ नै रैछ काईंला को ।
    देशका यूवा लागौ अब आधार खोजी मा
    किन अल्झिए होला धोती टोपी मा.......!
    काशी न गाको भए देवकोटा, भानुभक्त
    रहि रहन्थ्यो भाषा साहित्य अझ अशक्त
    जति विपत आएपनि एउटै होऊँ देशभक्त
    पानी, खानी, जवानी नबगाऊँ अझ रक्त।
    सारा देश अखण्ड रहोस एउटै खोपी मा
    किन अल्झिए होला धोती टोपी मा......!

    ऋषिशेष
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top