728x90 AdSpace

  • ताजा ताजा

    पश्चिमाञ्चलमा ७८ प्रतिशत रोपाईं सकियो

    सन्देश श्रेष्ठ
    ११ साउन, पोखरा । पश्चिमाञ्चल क्षेत्रमा हालसम्म ७८ प्रतिशत रोपाईं सम्पन्न भएको छ । पश्चिमाञ्चलमा कुल खेतीयोग्य जमिन ३ लाख १५ हजार ४ सय ३८ हेक्टर क्षेत्रफल रहेकामा आईतवारसम्म ७८ प्रतिशत रोपाईं भएको वरिष्ठ कृषि प्रसार अधिकृत हृदयनाथ घिमिरेले जानकारी दिए ।
    गत वर्ष साउन ८ गतेसम्म पश्चिमाञ्चलमा ७३ प्रतिशत र साउन १५ गतेसम्म ८५ प्रतिशत रोपाईं सम्पन्न भएको थियो ।
    सबैभन्दा धेरै रोपाईं नवलपरासीमा
    पश्चिमाञ्चलका जिल्लाहरुमध्ये हालसम्म सबैभन्दा बढी नवलपरासीमा ९८ प्रतिशत रोपाईं भएको छ । सबैभन्दा कम गोरखामा ५५ प्रतिशत मात्र रोपाईं भएको वरिष्ठ कृषि प्रसार अधिकृत घिमिरेले जानकारी दिए ।
    त्यस्तै, पर्वतमा ९० प्रतिशत तथा कास्की, बाग्लुङ र अर्घाखाँचीमा ८५(८५ प्रतिशत रोपाईं भएको छ ।
    घिमिरेका अनुसार तनहुँमा ७८ प्रतिशत रोपाईं भएको छ भने स्याङ्जा, म्याग्दी र रुपन्देहीमा ७५(७५ प्रतिशत रोपाईं भएको छ । लम्जुङ, पाल्पा, गुल्मी र कपिलवस्तुमा ७० प्रतिशत मात्रै रोपाईं भएको बरिष्ठ कृषि प्रसार अधिकृत घिमिरेले जानकारी दिए ।
    उनले वर्षाका कारण गोरखासहित केही जिल्लामा रोपाईं ढिलो भएको बताए ।

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: पश्चिमाञ्चलमा ७८ प्रतिशत रोपाईं सकियो Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top