728x90 AdSpace

  • ताजा ताजा

    १३ बर्षीय बालक किच्ने सवारी चालक ३१ बर्षपछि पक्राउ



                                                               श्री  प्रहरी प्रधान कार्यालय

                                                      केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज

    प्रेस विज्ञप्ति
    १३ बर्षीय बालक किच्ने सवारी चालक ३१ बर्षपछि पक्राउ ू

    विवरण
    मिति २०४१।०२।३१ गते बिहान अं. ०७स्३० बजेको समयमा तत्कालिन जिल्ला भक्तपुर भक्तपुर नगर पञ्चायत वडा नं. ३, गरुड कुण्डल भन्ने स्थानमा बा।अ।त १०६ नं। को ट्रयाक्टर पावर ट्रीलरले सोही स्थान बस्ने तेज कुमार कोजुको छोरा बर्ष १३ का कृष्ण गोपाल कोजुलाई किचि घटनास्थलमा नै मृत्यू भएको घटनामा संलग्न उक्त सवारीका चालक जिल्ला भक्तपुर न।पा। वडा नं। १, तौलाक्षे बस्ने बर्ष ४८ का भिम प्रसाद गोजालाई यस ब्यूरोको टोलिले वारदात भएको ३१ बर्ष पछि मिति २०७२।०४।१४ गते दुवाकोट, भक्तपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि श्री भक्तपुर जिल्ला अदालतमा पेश गरेको ।

     उल्लेखित वारदातको सवारीज्यान मुद्दामा प्रतिबादी भिम प्रसाद गोजा बिरुद्द मुलुकी ऐन, ज्यान सम्बन्धि महलको ६९२० बमोजिम २ बर्ष कैद, सवारी ऐन, २०२० को दफा ४६९१०क अनुसार रु २००।( र सोही ऐनको दफा ५१९१०क अनुसार थप जरीवाना रु ८००।( समेत रु जम्मा रु १,०००।( जरीवाना तथा दफा ५४९१०क बमोजिम क्रिया खर्च वापत रु २,०००।( दिलाई भराई दिने भनी गरेको श्री भक्तपुर जिल्ला अदालतको  मिति २०४२।१०।०७ गतेको फैसलालाई तात्कालिन मध्ये क्षेत्रीय अदालतको मिति २०४४।१०।१७ को फैसलाले बदर गरी पुनस् ईन्साफको लागि भक्तपुर जिल्ला अदालतमा मिसिल पठाएकोमा भक्तपुर जिल्ला अदालतले पुनस् ईन्साफ गरी उल्लेखित कैद तथा जरीवाना हुने गरी नै मिति २०६०।११।१३ मा फैसला गरेको ।


    पक्राउ परेका ब्यक्ति

    नामस:- भिम प्रसाद गोजा ।

    ठेगाना :-जिल्ला भक्तपुर न.पा.वडा नं. १, तौलाक्षे ।

    उमेर :-  ४८ बर्ष ।                                                  

    मुद्दा :- सवारीज्यान ।



    कैद २ बर्ष  जरीवाना रु. १,०००।

    पक्राउ मिति :- २०७२।०४।१४ गते ।


    पक्राउ स्थान :-( दुवाकोट , भक्तपुर ।
    (थप जानकारीका लागि प्र।उ। किरण बज्राचार्य, सम्पर्क नं: ९८०२०३३८९००
    मिति २०७२।०४।१४ गते ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: १३ बर्षीय बालक किच्ने सवारी चालक ३१ बर्षपछि पक्राउ Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top