728x90 AdSpace

  • ताजा ताजा

    सामुदायिक मेलमिलाप सम्बन्धी तालिम सुरु

    जिल्ला विकास समिति महाेतरीकाे अायाेजनामा गाविस विजलपुरामा अाज देखि सामुदायिक मेलमिलाप सम्बन्धी तालिम सुरु भएकाे छ । असार १७ गते सम्म संचालन हुने याे तालिममा स्थानीय राजनीतिक दलका प्रतिनिधि वडा नागरीक मंच र नागरीक सचेतना केन्द्रका प्रतिनिधि लगायत विभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधिहरु गरी ३० जना सहभागीहरु रहेका छन् । तालिममा मेलमिलाप सम्बन्धी एेन २०६८ र मेलमिलाप सम्बन्धी नियमावली २०७० बारे विस्तृत छलफल हुने कुराकाे जानकारी तालिमका मुख्य प्रशिक्षक अजय शाहले जानकारी दिए । इन्सेक महाेतरी प्रतिनिधि समेत रहेका प्रशिक्षक साहले यस तालिम पश्चात सहभागिहरुले मेलमिलाप सम्बन्धी एेन र कानुन बारे जानकारी प्राप्त गरी स्थानीयमा स्तर हुने सानाे तीनाे झैझगडा विवादहरु जस्तै जग्गा मिचेकाे ,साँधसीमाना मिचेकाे , लेनदेन , श्रीमान श्रीमतीकाे झगडा अंश वण्डा लगायत फाैजदारी मुद्दा बाहेकका सामान्य विवादहरु मेलमिलाप केन्द्रबाट नै मिलाउन सक्ने हुनेछ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: सामुदायिक मेलमिलाप सम्बन्धी तालिम सुरु Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top