728x90 AdSpace

  • ताजा ताजा

    महेन्द्रनगरमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता


    २०७२ जेठ ३० गते ।
    महेन्द्रनगर÷ धनुषा जिल्ला खेलकुद विकास समितिको आयोजनामा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा आज जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको आयोजना भएको छ।
    जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिनबहादुर जर्घामगरको अध्यक्षतामा आज विहान सम्पन्न उक्त प्रतियोगिताको उद्घाटन समारोहमा क्षीनपाका कार्यकारी अधिकृत उमेश यादवले प्रमुख अतिथिको रुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।
    खेलकुद विकास समिति उपाध्यक्ष मन्दिप झाको स्वागत मन्तव्यबाट सुरु उक्त उद्घाटन समारोहमा नेपाली काँग्रेस धनुषा क्षेत्र नं. ५ का सभापति योगेन्द्र पजियार, नेकपा एमालेका जिल्ला समिति  सदस्य पल्टु पण्डित, एकिकृत नेकपा माओवादी क्षेत्र नं. ५ का नेता विजय यादव लगायत खेलकुदका प्रशिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
    स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुलनाराका साथ सुरु यस प्रतियोगितामा जनकपुर, महेन्द्रनगर लगायतका जम्मा १६ वटा टिमको सहभागीता रहेको जानकारी क्षीरेश्वर ब्याडमिन्टन वारियर्सका विनय साहले गराएका छन् ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: महेन्द्रनगरमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top