728x90 AdSpace

  • ताजा ताजा

    मन्त्री पौडेल ओलम्पिक संग्रहालयको संरक्षक


    काठमाडौं: युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल नेपाल ओलम्पिक संग्रहालयको संरक्षक बनेका छन्। संग्रहालयले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सवको अवसर पारेर मन्त्री पौडेललाई संरक्षक बनाएको हो। 
     
    सातदोबाटोस्थित संग्रहालयलमा सोमबार आयोजित कार्यक्रममा संग्रहालयका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले मन्त्री पौडेललाई संरक्षकत्व हस्तान्तरण गरे । नेपालको ओलम्पिक संग्रहालय दक्षिण एसियाकै एकमात्र खेलकुद संग्रहालय हो।
     
    मन्त्री पौडेलले संग्रहालयको संरक्षकत्व ग्रहण गर्दै एसियाको एकमात्र ओलम्पिक संग्रहालयको संरक्षक बन्न पाउनु आफ्ना लागि खुसीको विषय भएको बताए । 
    उनले संग्रहालय दायरालाई अझ फराकिलो बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
     
    अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको विगतलाई सम्झने र अभिलेखलाई जीवन्त बनाउले उद्देश्यले स्थापना भएको संग्रहालयलाई बचाउन गाह्रो परेको दुःखेसो पोखे।

    उनले दक्षिण एसियाको एकमात्र खेलकुद संग्रहालयले उचित अभिभावक नपाएको अवस्थामा खेलकुदमन्त्रीलाई संरक्षक बनाउन पाउँदा उत्साह जागेको बताए।
     
    कार्यक्रममा संग्रहालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव केशवकुमार विष्टलाई सम्मान पनि गर्‍यो। 
     
    कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्ट र राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले नेपाली खेलकुदको वर्तमान अवस्थाबारे चर्चा गरेका थिए।
     
    संग्रहालयमा हाल नेपाली खेलकुदका पुराना मेडल, खेल सामग्री, पोसाक, पुराना दस्तावेजलगायतका सामग्री राखिएको छ। 
     
    दशरथ रंगशाला परिसरमा रहेको संग्रहालयलाई हालैमात्र सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा सारिएको हो।

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: मन्त्री पौडेल ओलम्पिक संग्रहालयको संरक्षक Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top