728x90 AdSpace

  • ताजा ताजा

    भूकम्प आउँदा केही सभासद भागे, सभाध्यक्षको कुर्सी हल्लियो

    २६ साउन, काठमाडौं । संविधानसभाको बैठक चलिरहेकै बेला भूकम्पको धक्का महशुस भएपछि केही सभासदहरुको भागभाग भएको छ । तर, छोटो धक्का रोकिनासाथ धेरै सभासदले आफ्नो कुर्सी छाडेनन् । धक्का महसुस हुँदा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी बोलिरहेका थिए ।

    विहान १० बजेर ४३ मिनेटको समयमा अचानक भूकम्पको धक्का महसुस हुनासाथ केही सभासद आफ्नो कुर्सी छाडेर बाहिर भाग्न लागेका थिए । उपेन्द्र यादवे बोलिसकेर राप्रपा नेपालका दिलनाथ गिरीले बोल्न थाल्दा भूकम्पको धक्का महसुस भएको थियो ।
    अध्यक्ष सुवास नेम्वाङले सभासदहरुलाई ‘आफ्नो आसनमा बस्नुस माननीय’ भने पनि केही सभासदहरु डराएर बाहिर निस्किसकेका थिए ।
    सभामुखको कुर्सी पनि हल्लिएको प्रष्ट देखिन्थ्यो । बोलिरहेका सभासद गिरीले यो भूकम्प भन्दा राजनीतिक भूकम्प ठूलो हो भन्दै आफ्नो भनाइलाई निरन्तरता दिए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: भूकम्प आउँदा केही सभासद भागे, सभाध्यक्षको कुर्सी हल्लियो Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top