728x90 AdSpace

  • ताजा ताजा

    अदालतबाट भ्रष्ट र नैतिक पतन भइसकेको व्यक्ति पुन अध्यक्षमा चयन

    किरण कर्ण
    ३० साउन, जनकपुर । शिक्षा नियमावलीको खिल्ली उडाउदैँ जनकपुर स्थित एक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्षमा भ्रष्टलाई मनोनयन गरिएको छ ।
    जनकपुर उपमहानगरपालिका वार्ड नम्बर ४ स्थित संकटमोचन देवशरण रामरती उच्च माध्यमिक विद्यलायमा यसरी शिक्षा नियमावलीको खिल्ली उडाउदैँ व्यवस्थापन समितिको अध्यक्षमा चयन गरिएको हो ।
    शिक्षा नियमावलीमा उल्लेखित ऐन कानुनलाई उल्लंघन गर्दै जिल्ला शिक्षा अधिकारी शंकर कार्कीको मिलिभगतमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाली कांग्रेसका स्थानीय नेता एवं जनकपुरको पूर्व मेयर बजरंग साहलाई चयन गरेको छ । सर्वोच्च अदालतबाट भ्रष्टचारी प्रमाणित भईसकेका पूर्व मेयर साहलाई शिक्षा नियमावली विपरित फेरी पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाइएको हो ।
    पछिल्लो दुई पटकदेखि संकट मोचन देवशरण रामरती उमाविको अध्यक्ष रहसिकेका साह पुन नियुक्त भएका हुन् ।
    यस नियुक्तबाट शिक्षा नियमावली अनुसार नैतिक पतन हुनेगरी अदालतबाट कसुरदार प्रमाणित भईसकेका भ्रष्टहरु अध्यक्ष बन्न नसक्ने प्रावधान कागजमै सिमित भएको छ ।
    पछिल्लो वर्ष मंसिरमा समय समाप्त भए पछि गत ६ नै एक कोठाम गुपचुप भई विद्यालयको बैठक बसी पुनः विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भ्रष्ट सावित भएका कांग्रेसी बजरंग साहलाई चयन गरिएको हो ।
    जनकपुर नगरपालिकाको तत्कालिन मेयर साह माथि जनकपुर नगरपालिकामा भएको आर्थिक अनियमितताका आरोप लागेको थियो । अनियमितताका सम्बन्धमा अख्तियार दुरुपयोग आयोगबाट गरिएको छानविन पछि २०६४ साल असाढ ३ गते विशेष अदालतले साहलाई दोषी ठहर गरेको थियो ।
    त्यसपछि साह सर्वोच्च अदालतमा पुनरावेदन गरिएको थियो । पुनरावेदन माथि सुनवाई गर्दै सर्वोच्च अदालतले पनि तत्कालिन भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ७९२० अनुसार कसुरदार प्रमाणित गरेको थियो ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: अदालतबाट भ्रष्ट र नैतिक पतन भइसकेको व्यक्ति पुन अध्यक्षमा चयन Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top