728x90 AdSpace

  • ताजा ताजा

    सप्तरीको भारदह पूर्ण तनाब



    अहिले सम्ममा.....प्रहरीले चलाएको गोली लागेर भारदह गाविस–१ निवासी संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता राजीव कुमार राउतको मृत्यु । प्रहरीको गोलीले भारदह–१ निवासी १७ वर्षीय सत्यनारायण राउत, ३५ वर्षीय सुरेन्द्रकुमार मण्डल, १६ वर्षीय अपक साह, भारदह–२ का ४३ वर्षीय देवनारायण विश्वास, र १९ वर्षीय गोपालराज मण्डल घाइते ।
    आन्दोलकारी उपर प्रहरीको अन्धाधुन्द लाठीचार्जबाट संघीय फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्रप्रसाद साह, जिल्ला अध्यक्ष तथा मोर्चाका संयोजक दिनेश यादव सहित दर्जनौ नेता तथा कार्यकर्ता घाइते । प्रहरी भीडलाई नियन्त्रणमा लिन दर्जनौ गोली फायर र अश्रु ग्यास(रबरका गोली) प्रहार गरेका छन ।
    यता सप्तरी प्रहरी उपरीक्षक शिशिरकुमार कर्माचार्यले अवरुद्ध राजमार्ग खुलाउन गएका प्रहरी उपर आन्दोलनकारीहरु ढुङ्गामुढा तथा पेट्रोल बम्ब प्रहार गर्न थालेपछि प्रहरीले लाठीचार्ज र हवाइ फायर गरेको बताएको छ ।तर गोलीले अहिले सम्म कसैको मृत्यु नभएको बताएको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: सप्तरीको भारदह पूर्ण तनाब Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top