728x90 AdSpace

  • ताजा ताजा

    उदयपुरका युवकको मलेसियामा मृत्यु

    रामचन्द्र नेपाल
    क्वालालम्पुर । मलेसियामा सोमवार एक नेपालीको मृत्यु भएको छ । मैनामैनी गाविस वडा न ६ उदयपुर घर भई शाहआलममा रहेको इमरलिङक टेक्सटाईलमा कार्यरत २२ वषर्ीय धनेन्द्र राईको उपचारको क्रममा क्वालालम्पुर अस्पतालमा मृत्यु भएको हो ।
    राई १४ महिना अगाडि रोजगारीको सिलसिलामा मलेसिया आएका थिए । चार दाजुभाईका कान्छा भाई धनेन्द्र अन्यन्तै मिलनसार र अविवाहित रहेको मलेसियामै कार्यरत मृतकका सहोदर जेठा दाई यामकुमार राईले जानकारी दिए ।
    राई केही दिनदेखि विरामी परेका थिए । वारम्वार उपचार गराउदासमेत निको नभएपछि उनलाई क्वालालम्पुर अस्पतालमा भर्ना गरिएको थियो । राईको शव नेपाल पठाउने तयारी भैरहेको छ ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: उदयपुरका युवकको मलेसियामा मृत्यु Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top