728x90 AdSpace

  • ताजा ताजा

    मधेसी मोर्चाको आन्दोलन गाउँ केन्द्रित


    रबिन्द्र प्रताप गुप्ता                                        
    भैरहवा,भदौ ११ ।                          

               
    स्थानीय प्रशासनले रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा निषेधाज्ञा जारी गरेपछि अहिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट संघर्ष समिती रुपन्देहीले आफ्नो आन्दोलन गाउँ केन्द्रित बनाएको छ। यसै बिच मोर्चाले शुक्रबार भैरहवाको छिमेकी गा.बि.स.बसन्तपुरमा कोण सभाको आयोजना गरेको छ।कोण सभामा बोल्दै सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारीले बिगतमा मधेसी जनता संग सरकारले गरेको २२ बुदे र ८ बुदे सम्झौता लागु नभएकोले आफुहरुले आन्दोलन गरेको बताउनुभयो।थरुहट संघर्ष समितिका संयोजक देवी प्रसाद चौधरीले आफुहरुले कसैको अधिकार खोस्न नचाहेको तर हाम्रो अधिकार पनि कुण्ठित नगर्न राज्यसँग अनुरोध गर्न आन्दोलनमा उत्रेको बताउनुभयो।कार्यक्रममा सदभावना पार्टीका केन्द्रीय सद्स्य राजेन्द्र गुप्ता,तराई(मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय बर्मा,नेपाल सदभावना पार्टीका केन्द्रीय महासचिव हरिशचन्द्र सिंह,मधेसी नेताहरू आनन्द प्रसाद गुप्ता, विनोद उपाध्याय,राहुल निसाद,देवेन्द्र पाण्डे,सरोज पाण्डे,युवा नेता विद्या यादव,सन्तोष पाण्डे लगायतले धारणा राख्नुभएको थियो।कोण सभा कार्यक्रम संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीका संयोजक महेन्द्र यादवको अध्यक्षता तथा मधेसी युवा नेता शम्भु प्रसाद यादवको संचालनमा सम्पन्न भएको थियो।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेसी मोर्चाको आन्दोलन गाउँ केन्द्रित Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top