728x90 AdSpace

  • ताजा ताजा

    आन्दोलन फिर्ता लिन प्रधानमन्त्रीको आग्रह

    ७ साउन, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीयताको सीमाङ्कनको विषयलाई लिएर भइरहेको आन्दोलन फिर्ता लिन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।


    सुर्खेतलगायत मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रमा भइरहेको आन्दोलनप्रति चासो जनाउँदै प्रधानमन्त्री कोइरालाले अहिलेको अवस्थामा मुलुकले कुनै पनि आन्दोलन, तोडफोड र हिंसा थेग्न नसक्ने भन्दै लामो सङ्घर्षपछि प्राप्त परिवर्तनलाई संस्थागत गर्न सबै लाग्नुपर्ने बताए ।
    बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा रेडियो नेपालको भूकम्पपीडितलाई सहयोगार्थ रकमको चेक ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले भने–“सङ्घीयताको कतिपय कुरा टुङ्गेकै छैन, तर आन्दोलन र आक्रोश बढेको छ, हिंसात्मक घटना हुनु दुःखद हो । यसले नकारात्मक सन्देश गएको छ । जनताको मागप्रति चार दलका शीर्षनेताले सम्बोधन गर्ने प्रतिबद्धता जनाइसकेका छौँ । मुलुकमा अमनचयन कायम गर्न र समस्त जनताले चाहेका हकअधिकारलाई संस्थागत गर्न आन्दोलन फिर्ता लिन आन्दोलनरत पक्षलाई विनम्र अनुरोध गर्दछु ।”
    भूकम्पको विपद्पछि मुलुकको विकासका लागि अन्तिम अवसर आएको र छिमेकी राष्ट्रको सहयोग सद्भाव बढेको भन्दै कोइरालाले चाँडो लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरी संविधानमा सबै जनताको अधिकार समावेश हुने विश्वास दिलाउनुभयो । विपद्का बेला सरकारी सरकारी सञ्चारमाध्यमले खेलेको भूमिकाप्रति सराहना गर्दै प्रधानमन्त्री कोइरालाले विश्वसनीयतालाई संस्थागत गर्न वस्तुगत र तथ्यपरक विषयलाई ध्यान दिनुपर्ने बताए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: आन्दोलन फिर्ता लिन प्रधानमन्त्रीको आग्रह Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top