728x90 AdSpace

  • ताजा ताजा

    मधेसी नेताले भने-मधेसीको अधिकार खोसिएको संविधान मान्दैनौ


    २१ साउन, नेपालगञ्ज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले मधेशीको अधिकार खोसिएको संविधान नमान्ने बताएका छन् । उनीहरुले संविधानको बटमलाईन अन्तरिम संविधान भएको दाबी गरे ।

    मोर्चाले बुधबार नेपालगञ्जमा आयोजना गरेको संविधानको मस्यौदा २०७२ को विरोध सभालाई सम्बोधन गर्दै संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको मस्यौदा २०७२ मा मधेसीको अधिकार कुण्ठित गरेको कारण आफुहरु विरोधमा आउनु परेको बताए । उनले भने-‘यो मस्यौदामा मधेशीको अधिकार कुण्ठित पारिएको छ । यति मात्र होईन पाहाडी आदिवासी जनजाति, गरिव, दलित, महिलालाई पनि अधिकारबाट बञ्चित बनाएको छ ।
    सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशको भूमीमा शाशन गर्न नपाउने खालको संघियता र पहिचान विनाको संघ आफुहरुलाई मान्य नहुने बताए । उनले भने-‘पहिचान गुमाउदै मधेशको भूमि पाहाडमा मिलाउन दिदैनौ । अन्तिरम संविधानमा भएको व्यबस्थालाई पनि हटाउदै अधिकारबाट बञ्चित गराईएको संविधान मन्दैनौ ।’
    तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री सवेन्द्रनाथ शुक्लले तत्कालीन एमाले काँग्रेस तथा एमाओवादीसंग मधेसी मोर्चाले गरेको सम्झौतामा उल्लेख भएको संघिय स्वायत्त मधेशको बटमलाईनलाई जानी जानी हटाउदै किसानहरु खेतमा व्यस्त रहेको बेलामा सुझाव संकलनको नाटक रचेर संविधान जारी भए कुनै पनि हालतमा आफुहरुलाई मान्य नहुने बताए ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेसी नेताले भने-मधेसीको अधिकार खोसिएको संविधान मान्दैनौ Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top