728x90 AdSpace

  • ताजा ताजा

    अन्तिम सोमवारी पनि धुमधाम साथ मनाईयो


    अमरेन्द्र कुमार यादव
    महेन्द्रनगर ३२ श्रावण ।
    श्रावण महिनाको अन्तिम सोमवार पनि सोमबारी पर्व धुमधाम साथ मनाईयो । सोमबार बिहानै देखि बिभिन्न ठाउँमा भएको शिवालयहरुमा भक्तजनहरुको भिड लागेको थियो । सोमबार बिहानै देखि महेन्द्रनगर स्थीत क्षीरेश्वरनाथ महादेव मन्दिरमा भक्तजनहरुको भिड देखिएको थियो ।भिड नियन्त्रणको लागि स्वयमसेवक र प्रहरी समेत खटाएको थियो । भक्तजनहरु भगवान शिव अर्थात महादेव को पुजाआजा र शिवलिङगमा पुष्पजल अर्पण गरेर सोमबारी पर्व मनाए ।सोमबारीको अवसरमा महेनद्रनगरको क्षीरेश्वरनाथ बाहेक अन्य अन्य मन्दिरहरुमा पनि भक्तजनहरुको त्यतिकैनै भिड देखिइको थियो ।
    महेन्द्रनगरको क्षीरेश्वरनाथ ,जलेश्वरको जलेश्वरनाथ ,कपिलेश्वरको कपिलेश्वनाथ लयागतका शिव मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको थियो ।हिन्दु परम्परानुसार साउने सोमबारीलाई बिशेष महत्व दिएर ब्रत बसी पुजाआजा गर्ने प्रचलन रहेको छ ।साउने सोमबारीमा ब्रत बस्दा मनोकांक्षा पुरा हुने बिश्वासका साथ देश भरका शिव मन्दिरहरुमा पुजा गर्ने भक्तजनहरुको भिड लाग्ने गर्दछ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: अन्तिम सोमवारी पनि धुमधाम साथ मनाईयो Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top