728x90 AdSpace

  • ताजा ताजा

    तीन जिल्लाका सभासदले भने-हामी मधेसमा जाँदैनौं

    रामेछाप, दोलखा र सिन्धुलीका सभासदको भेला


    ३२ साउन, काठमाडौं । दोलखा, रामेछाप र सिन्धुली जिल्लाका सभासदले तीन जिल्लालाई २ नम्बर प्रदेशमा गाभिए नमान्ने बताएका छन् । तीन जिल्लाका १० जना सभासदको संयुक्त बैठकले प्रस्तावित ३ नम्बर प्रदेशमै राख्नु पर्ने माग गरेका हुन् ।
    सोमबार संविधानसभा भवन बानेश्वरमा भएको सभासदहरुको बैठकले ६ प्रदेशको सीमांकन स्वागतयोग्य रहेको भन्दै यी जिल्ला नटुक्राउन र मधेस प्रदेशमा नगाभ्न माग गरेको दोलखा २ का सभासद आनन्द पोखरेलले जानकारी दिए ।
    आइतबारमात्र प्रस्तावित २ नम्बर प्रदेशका मधेसी सभासदहरुले पहाडका जिल्ला समेत मिसाएर प्रदेशको सिमांन गर्न माग गरेका थिए । त्यस लगत्तै पहाडी जिल्लाका सभासदको यो प्रतिक्रिया आएको हो ।
    सभासदहरुको निर्णयमा भनिएको छ-‘हालै विभिन्न सञ्चारमाध्म मार्फत प्रस्तावित ३ नम्बर प्रदेशमा समावेश भएका जिल्लाहरुको बारेमा अन्यथाा समाचार सम्प्रेषण भएकोमा हाम्रो ध्यानाकर्षण भएको छ । यसबाट फरक निर्णय भएमा हामी प्रस्तावित ३ नम्बर प्रदेशका रामेछाप, दोलखा र सिन्धुलीका नागरिक तथा सभासदहरुलाई मान्य नहुने व्यहोरा अनुरोध गर्दछौं । यसबाट उपन्न हुने परिणामको जिम्मेवार निर्णयकर्ता स्वयं हुनेछन् ।’
    निर्णयमा दोलखाका पशुपति चौलागाई, पार्वत गुरुङ, आनन्द पोखरेलको हस्ताक्षर छ । त्यस्तै रामेछापका आङटावा शेर्पा, श्यामकुमार श्रेष्ठ, कमला घिमिरे र शिव बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।
    सिन्धुलीका गणेशकुमार पहाडी, मोहनप्रसाद बराल र दिपशिखा शर्मा ढकालको हस्ताक्षर रहेको निर्णयमा सिन्धुली ३ का सभासद एमाओवादीका हरिबोल गजुरेलको पनि सहभागिता देखिएको छैन ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: तीन जिल्लाका सभासदले भने-हामी मधेसमा जाँदैनौं Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top