728x90 AdSpace

  • ताजा ताजा

    कुवेतबाट आदिवासी जनजातीको खबरदारी

    कुवेतमा विश्व आदिवासी दिवस


    कुबेत । कुबेतमा रहेका आदिबासी जनजातिहरूले आदिबासी जनजातीहरुको हक अधिकार सुनिश्चित गरेर मात्र संविधान जारी गर्न अनुरोध गर्दै खबरदारी गरेका छन् । २१औं आदिवासी जनजाती दिवसको अवसरमा कार्यक्रम गरी खबरदारी गरेका हुन् ।
    विदेशीमा भूमिमा आफ्नो मौलिक कला संस्कृति जातीय पहिचान भाषा संस्कृति परम्परा जोगाउन तल्लिन कुबेतमा क्रियाशील ८ ओटा जातीय सस्था सहभागी रहेको कार्यक्रममा धन्नै दुई सय जनाको उपस्थिति रहेको थियो।
    सो अवसरमा आदिबासी जनजातीहरुको हक अधिकार सुनिश्चित गरेर मात्र संबिधान जारी गर्न अनुरोध गर्दै खबरदारी समेत गरिएको थियो ।   धर्म निरपेक्षता अनि कम्तिमा १० प्रदेश संघियाता सहितको संबिधान जारी गर्न उक्त भेलामा मन्तब्य राख्ने बक्ताहरुले माग समेत राखेका थिए ।   मित्र सिंजाली, रमेश राई, जय आले, अमित राई, अगम सुब्बा  लगायतले आदिबासी जनजातीको इतिहासबारे चर्चा गरेका थिए ।
    पगदभत(द्धकुबेतमा क्रियाशील जातीय सस्थाहरु नेपाल मगर संघ नेपाल तामाङ घेदुङ,  किराँत राई यायोख्खा, तमु समाज,  प्ये ल्हु संघ, किराँत याक्थुम चुम्लुङ, भुजेल समाज,  र नेवा गुठी कुबेत  लगायतका संघ संस्थाले जातीय पहिचान झल्कने भेषभुषा झाकी प्रस्तुति गर्नुको साथै बिबिध सास्कृतिक कार्यक्रमसहित मनोरन्जन प्रदान गरेका थिए।   प्रदेशी भूमिमा ८ ओटा जातीय सस्थालाई एकै मन्चमा विभिन्न भेषभूषाका देखिएको थियो ।
    आदिबासी जनजाती महासंघ कुबेत शाखाका अध्यक्ष राजेन्द्र तामाङ्गको सभापतित्वमा भएको कार्यक्रम बसन्त थापा र अमृत तामाङ्गले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: कुवेतबाट आदिवासी जनजातीको खबरदारी Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top