728x90 AdSpace

  • ताजा ताजा

    मधेसी मोर्चाको आन्दोलन गाउँ गाउँमा


    रबिन्द्र प्रताप गुप्ता
    भैरहवा,भदौ १४।
     स्थानीय प्रशासनले रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा पुनः निशेधाज्ञा थप गरि भदौ १८ गतेसम्म जारी गरेपछि मधेसी मोर्चाको आन्दोलन गाउँ गाउँमा केन्द्रित हुन थालेको छ।              यसै बिच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले सोमबार भैरहवाको छिमेकी गा।बि।स।हाटीबनगाईमा कोण सभाको आयोजना गरेको छ।कोणसभालाई सम्बोधन गर्दै सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पुर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव गुल्जारीले विगतमा मधेसी जनतासंग सरकारले गरेको २२ बुदे र ८ बुदे सम्झौता अनुसार संविधान निर्माण हुनुपर्ने बताउनु भयो।उहाँले सरकारले मधेसी जनताको अधिकारप्रती वेवास्ता गरेको कारण आन्दोलन गर्नुपरेको बताउनुभयो।तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्माले प्रशासनले जारी गरेको निषेधाज्ञा तत्काल हटाउनुपर्ने र भैरहवामा मधेसी मोर्चाले कार्यक्रम गर्न पाउने पर्ने माग गर्नुभयो।कोणसभामा सदभावना पार्टीका केन्द्रीय सदस्य मनमोहन चौधरी,राजेन्द्र गुप्ता,नेता आनन्द प्रसाद गुप्ता,मधेसी नेता राहुल निसाद,युवा नेता सन्तोष पाण्डे लगायतले बोल्दै आफुहरुको आन्दोलन कुनै समुदायसंग नभई राज्यसंग भएको बताउनुभयो। कोणसभा कार्यक्रम तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्माको अध्यक्षता तथा संघीय समाजवादी फोरम नेपालका जिल्ला सचिव राम अवतार यादवको संचालनमा सम्पन्न भएको थियो।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेसी मोर्चाको आन्दोलन गाउँ गाउँमा Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top