728x90 AdSpace

  • ताजा ताजा

    कोशी तरेर नआउन सिटौला र ओलीलाई कांग्रेस सभासदको चेतावनी


    १७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभासद केशव वुढाथोकीले झापा, मोरङ र सुनसरीलाई पहाडबाट अलग गरे कोशी तरेर नआउन केपी ओली र कृष्ण सिटौलालाई चेतावनी दिएका छन् ।
    ८ प्रदेशमा सहमति गरेका दलहरुबीच जनताको राय अनुसारे सीमांकनमा सहमतिको प्रयास भइरहेको छ । तर, झापा, मोरङ र सुनसरी र कैलाली कञ्चनपुरलाई कसरी मिलाउने भन्नेमा विवाद अल्झिएको छ ।
    एमाले अध्यक्ष केपी ओली र कांग्रेस महामन्त्री कृष्ण सिटौलाले पनि झापा, मोरङ र सुनसरीलाई पहाडमा राख्नु पर्ने तथा मधेस केन्द्रीय दलहरुले मधेसमा बन्ने प्रदशेमा हुनु पर्ने बताउँदै आएका छन् ।
    एमाओवादीले आसपासका जिल्ला मिलाएर आठौं प्रदेश बनाउने विकल्प दिएको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले झापा, मोरङ सुनसरीमा सिरहा, सप्तरी, उपयपुर थपेर छुट्टै प्रदेश बनाउन सकिने सार्वजनिक गरेका छन् ।
    तर, झापा ५ का सभासद वुढाथोकीले पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा तीन जिल्लालाई पहाडबाट अलग नगर्न चेतावनी दिएका हुन् । मस्दौया समितिका सभापति समेत रहेका महामन्त्री कृष्ण सिटौलाई लक्षित गर्दै वुढाथोकीले भने(झापा मोरङ, सुनसरीलाई पहाडसँग छुटाउने कोशिस गर्नु भो भो नतिजा राम्रो हुँदैन ।’
    पार्टीका १० जिल्लाका २४ सभासदले लिखित रुपमा आफ्नो सुझाव दिइसकेको भन्दै उनले त्यस विपरित गए सिटौला र केपी ओलीलाई कोशी तरेर आउन नदिने चेतावनी समेत दिएका छन् । ‘कोही प्रधाानमन्त्री हुने कष्टमा हामीलाई सेलआउट गर्न भएन’ सभासद बुढाथोकीले भने(हामीसँग कोही जोडिन्छ भने स्वागत छ । केही आपत्ति छैन । तर, संस्कृति, बसोबास, नाता सम्वन्ध हरेक कारणले हामी पहाडबाट अलग हुन सक्दैनौं ।’
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: कोशी तरेर नआउन सिटौला र ओलीलाई कांग्रेस सभासदको चेतावनी Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top